बुध, फाल्गुन २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हामी नयाँ बनेको गठबन्धनलाई नै मजबुत बनाउन लाग्छौं : एमाले उपमहासचिव ज्ञवाली

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
प्रज्ञा प्रतिष्ठानमा ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ कार्यक्रम सुरू
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)सँगको गठबन्धन तोडेर सरकारको नेतृत्व गर्न कांग्रेसले गरेको प्रस्ताव नेकपा एमालेले अस्वीकार गरेको छ । माओवादीले आफूसँगको गठबन्धन तोडेपछि कांग्रेसले नयाँ बनेको गठबन्धन तुहाउने प्रयास स्वरूप एमालेलाई सरकारको नेतृत्व लिन प्रस्ताव गरेको थियो ।

‘कांग्रेसबाट औपचारिक/अनौपचारिक प्रस्ताव आएको थियो, हामीले अहिले बनेको नयाँ समीकरण फेरबदलमा लाग्दैनौं भन्यौ,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार , ‘सत्ताबाट बाहिरिएको आवेगमा कांग्रेसबाट विभिन्न प्रस्ताव आइरहेका छन् । हामी नयाँ बनेको गठबन्धनलाई नै मजबुत बनाउन लाग्छौं ।’

आफूसँगको गठबन्धन हठात तोडेपछि कांग्रेसले माओवादी बाहेकको वैकल्पिक समीकरणको प्रयास थालेको छ । यसैक्रममा कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष समेत लिएर सरकारको नेतृत्व गर्न एमालेलाई प्रस्ताव गरेको हो ।

नयाँ गठबन्धन बलियो बनाउने प्रयासस्वरूप एमाले अध्यक्ष केपी शर्मा ओली विगतको तिक्तता बिर्सँदै मंगलवार नेकपा एसका अध्यक्ष माधव नेपालको निवासमा पुगेका थिए । ‘नयाँ गठबन्धन भत्काउन हुने सम्भावित प्रयासबारे दुई अध्यक्ष पहिलैदेखि जानकार हुनुहुन्छ, हामी कच्चा खेलमा लाग्दैनौं,’ एमालेका अर्का एक पदाधिकारीले भने । फागुन २० मा एमाले–माओवादीसहितको नयाँ समीकरण बन्ने निश्चित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले मध्यरातमा एमाले अध्यक्ष ओलीकोमा दूत पठाएर मिल्न प्रस्ताव गरेका थिए ।

नयाँ समीकरण बनेदेखि नै यसलाई तुहाउन कांग्रेस नेताहरू सक्रिय भएर लागेका छन् । नयाँ समीकरण बनाउने बेला आफूलाई थाहा नदिइएको भनेर असन्तुष्ट नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई फकाउन कांग्रेस सभापति शेरबहादुर देउवा बुधवार बिहान उनको निवास पुगेका थिए ।

त्यहाँ पुगेर देउवाले माधव नेपाललाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका स्रोतले जनायो । प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको कांग्रेस विश्वासको मत लिने बेला बहुमत पुर्‍याउन नदिने रणनीतिमा लागेको छ । माओवादी–एमालेसहितको गठबन्धन भत्काउने प्रयास स्वरूप कांग्रेसले रास्वपालाई समेत सरकारको नेतृत्व गर्नका लागि प्रस्ताव गरेको चर्चा भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ मा कांग्रेससँगको गठबन्धन तोड्दै नेकपा एमालेसँग सहकार्यको निर्णय गरेका थिए । सोही दिन प्रचण्डले कांग्रेसका मन्त्रीलाई हटाएर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपालाई बेलायत सरकारकाे बढाई

५ घण्टा अगाडि
पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

ग्यास अभाव झन् चुलिँदै

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी

लायन्स क्लबबाट १११ जना महिलाहरुलाई बिशेष सम्मान

अमर बहादुर मालीकाे ‘ज्ञानमाला संगीत सन्ध्या २०८२’ हुने

ग्यास अभाव झन् चुलिँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक