बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पेरूका प्रधानमन्त्री अल्बर्टो ओटारोलाद्वारा राजीनामा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पेरूका प्रधानमन्त्री अल्बर्टो ओटारोलाद्वारा राजीनामा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लिमा । पेरूका शक्तिशाली प्रधानमन्त्री अल्बर्टो ओटारोलाले एक युवतीलाई अवैध काममा सहयोग गरेको आरोप लागेपछि मङ्गलबार राजीनामा दिनुभएको छ ।

ओटारोलाले लिमामा पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो, “राष्ट्रपतिसँग मैले आफ्नो पदबाट राजीनामा पेस गर्ने निर्णयको घोषणा गरेको छु ।”

ओटारोला एक अनुभवी राजनीतिज्ञ र वकिल हुनुहुन्छ । उहाँले राष्ट्रपति डिना बोलुआर्टेको चीफ अफ स्टाफको रूपमा कामसमेत गर्नुभएको थियो ।

ओटारोलाले एक २५– वर्षीया युवतीलाई क्यानडाको आधिकारिक भ्रमणबाट घर फर्कन आदेश दिनुभएको थियो । ५७ वर्षीय ओटारोला विवाहित हुनुहुन्छ र उहाँका पाँच सन्तान छन् ।

गत हप्ताको अन्त्यमा, टेलिभिजन कार्यक्रम प्यानोरमाले यस वर्ष सरकारको लागि अभिलेख र प्रशासनिक काम गर्न कूल १४ हजार अमेरिकी डलरको दुई सम्झौताहरू प्राप्त गरेकी २५ वर्षीया याजिरे पिनेडो नामकी एक महिलालाई उक्त सम्झौता गरिदिन पदीय मर्यादा विपरीत निर्देशन दिएको उल्लेख गर्दै विपक्षी नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।

सम्झौता गर्दा अनियमितता भएको हुनसक्ने आधार मानिएको रेकर्डेड कुराकानीमा प्रधानमन्त्री ओटारोलाले ती युवतीलाई भन्नुभएको छ , “प्रिय, तिमिलाई  थाहा छ ‘यी प्रसङ्ग’ ले दुःख दिएका छन् । तिनीहरू हाम्रा लागि पीडा हुन् । तर तपाईँलाई यो पनि थाहा छ कि म तपाईँलाई माया गर्छु ।”

पिनेडोका अनुसार उक्त कुराकानी ओटारोलासँग उहाँ क्याबिनेट मन्त्री हुनुअघि सन् २०२१ मा भएको हो । पिनेडोले प्रधानमन्त्री ओटारोलासँग आफ्नो छोटो ‘भावनात्मक सम्बन्ध’ भएको कुरा स्विकार्नुभएको छ ।

यसैबिच, ओटारोलाले पेरूको श्रम कानुनको उल्लङ्घन वा अन्य गलत काम गरेको आरोप अस्वीकार गर्नुभएको छ ।

“मैले राजनीतिक परिस्थितिको गम्भीरता बुझेको छु तर म दोहोर्‍याउँछु कि मैले कुनै पनि गैरकानुनी काम गरेको छैन,” उहाँले सोमबार यसअघि ट्विटर भनेर चिनिने सामाजिक सञ्जाल एक्समा सार्वजनिक पोष्टमा लेख्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै के गर्ने भन्ने निर्णय गर्नुअघि ओटारोलाको कुरा सुन्ने बताएको थियो । अभियोजकहरूले ओटारोलालाई सम्भावित स्वार्थको द्वन्द्व र ‘अवैध प्रायोजन’ का लागि अनुसन्धान गर्ने बताएका छन् ।

सन् २०२२ मा तत्कालीन वामपन्थी राष्ट्रपति पेड्रो क्यास्टिलोले काङ्ग्रेसलाई भङ्ग गर्ने र अवैध रूपमा शासन गर्ने प्रयास गरेपछि ६१ वर्षीय बोलुआर्टे राष्ट्रपति हुनुभएको हो ।

प्रधानमन्त्रीको युवतीसँगको घटनालाई जोडेर राष्ट्रपति बोलुआर्टेको राजीनामा र नयाँ निर्वाचनको माग गर्दै विभिन्न सहरमा केही समयदेखि हिंसात्मक प्रदर्शन भएका छन् । सन् २०१८ को मार्चपछि अहिलेसम्म पेरूमा छ जना राष्ट्रपति भइसकेका छन् ।

ह्युमन राइट्स वाचको एक अनुमानअनुसार सुरक्षा बलको कारबाहीमा अहिलेसम्म करिब ५० जनाको मृत्यु भएको छ । एएफपी

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग

चलचित्र विधेयक अघि बढाउँदै

२ घण्टा अगाडि
इजरायलको भाषा परीक्षा स्थगित

इजरायलको भाषा परीक्षा स्थगित

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक