शनि, कार्तिक २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ओली र प्रचण्डलाई वामदेव गौतमको सुझाव

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
एनसेल प्रकरणमा सरकारलाई वामदेव गौतमको ५ बुँदे सुझाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नयाँ सत्ता गठबन्धन बन्नु सुखद रहेको बताएका छन् ।

सोमबार नेकपा एमालेसहित (नेकपा माओवादी केन्द्र) सम्मिलित कम्युनिस्ट गठबन्धन बनेकोमा आफूलाई खुसी लागेको भन्दै उनले यो गठबन्धनलाई अन्तिमसम्म पनि टिकाउनुपर्ने जनाए । मंगलबार उनले अहिलेको सत्ता गठबन्धन टिकाउनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जस्तो अस्थिरता कम्युनिस्ट गठबन्धनपछि देखाउनु नहुने जनाए ।

गौतमले ओलीको व्यवहारमा सुधार नभए प्रधानमन्त्री प्रचण्डले पुनः कांग्रेससँग गठबन्धन गर्दैनन् भन्न नसकिने पनि बताए । उनले अहिले अप्रत्याशित रुपमा सत्ता गठबन्धनको नयाँ समीकरण बनेको भन्दै कम्युनिस्टहरू कम्युनिस्ट नै भएर अघि बढ्नुपर्ने सुझाव दिए ।

गौतमले कांग्रेस पनि बिपीको सिद्धान्तबाट विचलित नभई आफ्नो सिद्धान्त मिल्नेहरुसँग अघि बढ्न आवश्यक रहेको बताए । उनले कम्युनिस्टहरू एक ठाउँमा मिलेर समाजवाद निर्माण गर्ने दिशामा नेपाललाई लैजान सकिने अभिष्ट देखिएको पनि बताए । उनले अहिलेको गठबन्धन बन्नुको प्रमुख कारण प्रधानमन्त्री प्रचण्ड नभई ओली नै रहेको दाबी गरे ।

उनले भने, ‘कांग्रेस कांग्रेस भएरै अघि बढ्नुपर्छ, बिपीको विचारधारा लिएरै काँग्रेस अघि बढ्नुपर्छ । कम्युनिस्ट कम्युनिस्ट भएरै अघि बढ्नुपर्छ । आफैँ जनताको बीचमा जानुपर्छ । जनतामा प्रतिबद्ध हुनुपर्छ, जनताका कामहरु गर्नेगरी आउनुपर्छ । कम्युनिस्ट मिलुन् र कम्युनिस्टको विचारधारबमोजिम अघि बढुन् ।

अहिलेको गठबन्धनको प्रमुख कारण प्रधानमन्त्री होइन, केपी शर्मा ओली नै हुन् । उहाँले २०८४ भन्दा पहिला आफूलाई कम्युनिष्टहरुलाई एकताबद्ध गर्दै एउटा शक्तिको रुपमा अघि सार्न चाहनुहुन्छ ।

त्यसको निम्ति अरुतिर भन्दा त मुख्य पार्टी नेकपा (माओवादी केन्द्र) नै हो एमाले पछि । यी दुई पार्टीलाई एकीकृत गरेर जाँदा नै ०८४ मा एउटा शक्ति आर्जन गर्न सकिन्छ भन्ने मान्यता कमरेड केपी ओलीको हो ।’ गौतमले केपी ओली र प्रचण्डले आफूलाई सहमत गराइ संयमित बनाउने र मित्रतापूर्ण सम्बन्ध कायम गरे अहिलेको गठबन्धनमा कुनै समस्या नरहेको बताए । उनले ६५ लाखसम्म मानिसलाई स्वदेशमै रोजगार दिने लोकप्रिय कार्यक्रम ल्याउनुपर्नेमा जाेड दिए ।

यो पनि पढ्नुहोस्

बहुजन अधिकार सभामा रिजवान अन्सारीले भने– अब अरूको भरिया बनेर बस्ने समय सकियो

बहुजन अधिकार सभामा रिजवान अन्सारीले भने– अब अरूको भरिया बनेर बस्ने समय सकियो

२० घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

२० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रचण्ड रसिया प्रस्थान

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

एआईका सिईओ जेन्सेन हुआङकाे राजीनामा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक