काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मसालले कांग्रेससहितको पुरानो गठबन्धन विघटन गलत रहेको बताएको छ ।
महामन्त्री मोहनविक्रम सिंहले सोेमबार साँझ विज्ञप्ति जारी गर्दै पूर्व गठबन्धन विघटन भएर नयाँ गठबन्धनमार्फत सरकार निर्माण भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले पुरानो गठबन्धन विघटनले प्रतिगमनलाई बल पुग्ने सम्भावना देखिएकाले त्यसलाई गलत ठान्दै आलोचना गर्ने जनाएका छन् । साथै वर्तमान सरकारको नीति र कार्यक्रम हेरेर सरकारको लेखाजोखा गर्ने पनि मसालले जनाएको छ ।