आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पुरातनवादी सोचका कारण महिलाहरू अझै पछि : पूर्वराष्ट्रपति भण्डारी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
राष्ट्रपतिद्वारा संविधानको धारा ७६ को उपधारा (२) बमोजिम सरकार गठन गर्न आह्वान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुर्खेत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको शैक्षिक,आर्थिक सशक्तीकरणका साथै समग्रमा समाजको सांस्कृतिक रूपान्तरणका लागि अझै सङ्घर्ष जारी राख्नुपर्ने जनाएकी छन् । पुरातनवादी सोचका कारण महिलाहरू अझै पनि सामाजिक,आर्थिक, सांस्कृतिक, राजनीतिक हिसाबले पछि परिरहेको जनाउँदै भण्डारीले त्यसका विरुद्धमा निरन्तर सङ्घर्ष गरिराख्नुपर्ने जनाएकी हुन् ।

११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस सन् २०२४ को अवसरमा सोमबार वीरेन्द्रनगरमा आयोजित प्रथम कर्णाली प्रदेशस्तरीय महिला सम्मेलनमा बोल्दै भण्डारीले भनिन्, ‘महिलाको क्षेत्रमा विभिन्न नीतिगत एवम् कार्यक्रमहरू भए पनि समाजमा विद्यमान पुरातनवादी सोचका कारण हरेक हिसाबले महिलाहरू अझै पछि छन् ।’

यद्यपि नेपालले महिला अधिकार र महिला सशक्तीकरणको क्षेत्रमा उल्लेख्य सुधार भने भएको उनको भनाइ थियो । महिला अधिकारका लागि भएका विभिन्न आन्दोलन र सङ्घर्षका कारण महिलाका क्षेत्रमा महत्त्वपूर्ण काम भएको उनले जनाइन् ।

‘संविधानमै महिलाको ३३ प्रतिशत संसद्मा प्रतिनिधित्व सुनिश्चित गरिएको छ, प्रदेशदेखि स्थानीय तहमा पनि महिलाको भूमिका निकै महत्त्वपूर्ण हुँदै गइरहेको छ,’ भण्डारीले भनिन्, ‘महिला सशक्तीकरण र लैङ्गिक समानताको क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिहरू विश्व महिला आन्दोलनका लागि उदाहरणीय बनेका छन् ।’

प्राप्त उपलब्धिको रक्षा गर्दै महिला सशक्तीकरणको अभियानलाई जारी राख्नुपर्ने उनको भनाइ छ । लैङ्गिक समानता महिला र पुरुष दुवैको साझा कुरा हो, यो विषयमा सधैँ जोड दिँदै आएको पनि उनले बताइन् । साथै महिलाको सीप, क्षमतालाई मुलुकको विकास प्रक्रियामा सदुपयोग गरी स्रोत, साधन र अवसरमा समान पहुँचको माध्यमबाट संविधानले परिलक्षित गरेको लैङ्गिक समानताको उद्देश्य हासिल गर्न सकिने पनि उनको भनाइ छ ।

भण्डारीले कर्णाली भौतिक पूर्वाधारको विकासमा पछि परे पनि भौगोलिक विविधता, प्राकृतिक स्रोत, साधनले सम्पन्न रहेको बताएकी थिइन् । यहाँ रारा, से–फोक्सुन्डो, सिञ्जा, रास्कोट, पञ्चदेवल, पचालझराना कर्णालीको मात्र नभई सिङ्गो देशका अमूल्य सम्पदा भएको बताउँदै भण्डारीले भनिन्, ‘यिनको पर्यटन प्रवर्धन गर्दा कर्णाली समुन्नत प्रदेश बन्न सक्छ ।’

यो पनि पढ्नुहोस्

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

१९ घण्टा अगाडि
पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

देशका पहाडी भू-भागमा आंशिक बादल लाग्ने

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

एमालेकाे राष्ट्रिय भेला मंसिरमा हुने

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक