काठमाडौं । कवाडी व्यवसायीहरुले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन्।
उनीहरुले आइतबार बुद्धनगरस्थित युएन पार्कदेखि त्रिपुरेश्वर, सुन्धारा हुँदै रत्नपार्कसम्म र्यालीसहित विरोध प्रदर्शन गरेका हुन्। रत्नपार्कमा पुगेर विरोध र्याली सभामा परिणत भएको थियो।
प्रदर्शनमा सहभागीहरुले ‘गरिबलाई गरिखान देऊ, कवाडमाथि डोजर चलाउने कार्य बन्द गर, कानुनी शासन लागू गर, महानगरको आतंक बन्द गर’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
महानगरले कवाडी व्यवसायीमाथि दमन गरेर आतंक सिर्जना गरेको भन्दै प्रदर्शन गरेका हुन्। महानगरले पछिल्लो समय कवाडी संकलन केन्द्रमा डोजर चलाएको विरोधमा उनीहरु आन्दोलित भएका हुन्।


