काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक सुरु
भएको छ । बैठक बिहान ११ बजेदेखि सुरु भएको हो ।आजको बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवम् अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवम् अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभासमक्ष पेस गर्नुहुनेछ ।
यसैगरी, आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल प्रारम्भ हुनेछ ।


