आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

पीडितका आवाज उठाउँदै राजावादीहरु, पीडकका संरक्षक बन्दै वाम आवरणको सरकार !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालमा अहिले विशेषगरी दुई थरी व्यवस्थाका पक्षधर राजनीतिक शक्ति छन् । गणतन्त्रको पक्षधरमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एसलगायत दल छन्, जसले सत्ताको बागडोर सम्हालेका छन् । यो कित्तामा एमालेलगायत दल पनि छन् । अर्कोतर्फ राजतन्त्र व्यवस्थाको पक्षधर राप्रपा छ । राजनीतिक शक्तिका हिसाबले राप्रपा कमजोर भए पनि यो हाल संसदको पाँचौं ठूलो दल पनि हो । स्वाभाविक रुपमा गणतन्त्र तथा समाजवादकको पक्षधर कम्युनिस्ट नेतृत्वको सरकारबाट सर्वसाधारण नागरिकको पक्षमा भूमिकाको अपेक्षा गरिन्छ । अर्कोतर्फ राप्रपा जसले सामन्तवादको प्रतीक मानिने राजतन्त्रको पक्ष लिन्छ । तर, नेपालको सन्दर्भमा भने यो सिद्धान्त ठ्याक्कै विपरीत देखिएको छ ।

सरकारमा भए पनि कम्युनिस्ट सरकार किसान, मजदुर तथा विपन्न नागरिकको सवालमा उदासीन देखिएको छ । शोषित, पीडित र अन्यायमा परेका नागरिकको आवाज सुन्न पनि सरकारले रुचाएको देखिँदैन । उनीहरुलाई विरोध र प्रदर्शनमा पनि रोक लगाउने गरी सरकारले विभिन्न स्थानमा निषेधाज्ञा पनि लगाएको छ । राजधानी काठमाडौंमा केही महिनाअघि देशभरका मिटरब्याज तथा लघुवित्त पीडितले धर्ना दिएका थिए । त्यसपछि सरकारले उनीहरुसँग बाध्य भएर सहमति गर्नुपरेको थियो । तर, सहमतिअनुसार न्याय नपाएको भन्दै उनीहरु अहिले पनि आन्दोलनमा छन् । तर, सत्तारुढ दलहरु उनीहरुको समस्या समाधान गर्न भन्दा पनि सत्ताकेन्द्रित राजनीतिमा नै व्यस्त छन् ।

यसबीचमा राजावादी भनिएको राप्रपाले भने सडक आन्दोलनमा रहेका मिटरब्याजी पीडितलाई तत्काल वार्तामा नबोलाए संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पीडितहरुको माग सम्बोधनको लागि वार्तामा बोलाउन माग गरे । उनले सरकारले मिटरब्याजी पीडितका समस्या समाधान गर्न आल्टान नगर्न आग्रह पनि गरे । राप्रपाले संसदमा पनि कुरा उठाउने र कुरा नसुने संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ भने सरकार मिटरब्याजी पीडितको समस्यालाई बाहिर राखेर बस्ने हो भने राप्रपा आफै सडक आन्दोलनमा आएर साथ दिने जनाएको छ । लिङ्देनले जनताको समस्या समाधान गर्ने सबैभन्दा पहिलो जिम्मेवारी सरकारको भएको जनाए । उनले मिटरब्याजी समस्यामा सरकार उदासिन भएको भन्दै राप्रपा टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै मिटरब्याजी पीडितको मात्रै समस्या नभएर देशको साझा समस्या भएको उल्लेख गरे ।

साँच्चै नै भन्नुपर्दा सरकार आँखा भएर पनि नदेख्ने र कान भएर पनि नसुन्ने अवस्थामा पुगिसकेको छ । मिटरब्याजी पीडितको यत्रो न्याय मार्च गरेर आउँदा पनि सरकार उनीहरुको समस्यामा अझै गम्भीर देखिँदैन । यसले वाम आवरणको सरकार पीडित हैन, उल्टै पीडकको संरक्षणमा देखिएको स्पष्ट हुन्छ । स्थानीय तहमा पीडक सूदखोरहरुको पक्षमा नै निर्णय हुँदा पनि सरकार टुलुटुलु हेरेर मात्र बसिरहेको छ । यसले जनता आफैं संसद भवन परिसरमा पसेर आफ्नो समस्यामा ध्यानाकर्षण गराउनुपर्नै अवस्थामा आएका छन् । यदि जनताका पीडालाइ सरकारले नबुुझ्ने अवस्था रहिरहेमा त्यो वर्तमान सत्तारुढ दलका निकै अप्रिय साबित हुनेछ । यसलाई सर्वहारावर्गको पार्टी हुँ भन्ने वाम दलहरुले बेलैमा बुझ्न आवश्यक छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

१० मिनेट अगाडि
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

३७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक