काठमाडौं । नेपालमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नामिबियाविरुद्ध नेदरल्याण्ड्सले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ ।
यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदान भइरहेको छ । सिरिजमा दुवै टिम लगातार दोस्रो जितको खोजीमा छ ।
नामिबियाले पहिलो खेलमा नेपाललाई २० तथा नेदरल्याण्ड्सले नेपाललाई २ रनले हराएको थियो । नेपालले तेस्रो खेलमा शुक्रबार नामिबियाको सामना गर्ने तालिका छ ।
सिरिजको फाइनल पुग्न नेपालले अब बाँकी दुई खेल जित्नैपर्ने हुन्छ ।


