काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई २ सय ४८ रनको विशाल लक्ष्य दिएको छ।
टस जित्दै पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ४७ रन बनाएकाे छ।
नेदरल्यान्ड्सका माइकल लेभिटले उत्कृष्ट शतक प्रहार गरे। उनले ४९ बलमा शतक पूरा गरेका हुन्। उनले ६२ बलमा १३५ रन बनाए। साइब्रान्ड एंगलब्रेक्ट ७५ र तेजा निदामानुरुले १८ रनको योगदान दिए।
बलिङमा नामिबियाका रुबेन ट्रम्पलम्यानले सर्वाधिक २ विकेट लिए। पहिलो खेलमा दुवै टोलीले नेपाललाई हराएका थिए।
टी–२० अन्तर्राष्ट्रिय खेल अन्तर्गत टियु क्रिकेट मैदानमा आजको स्कोर अहिलेसम्मकै उच्च हो। यसअघि टी–२० खेलमा यो मैदानमा २ सय ३८ रनको उच्च स्कोर बनेको थियो।

