मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

नेदरल्याण्ड्सलाई हराउन नेपालले १ सय ८५ रनको लक्ष्य

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नेदरल्याण्ड्सलाई हराउन नेपालले १ सय ८५ रनको लक्ष्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको बुधबार जारी खेलमा पाहुना टोली नेदरल्यान्ड्सले नेपाललाई जितका लागि १ सय ८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन बनाएको हो ।

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लिभेटले अर्धशतकीय पाली खेले । उनले ५४ रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान साइब्रान्डले पनि टोलीको खातामा अविजित ४९ रन थपे । उनले केवल ३८ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए ।

नेदरल्यान्ड्सले अतिरिक्त रूपमा १३ रन पायो । कप्तान स्कट एडवार्डसले ३३ रन बटुले । तेजा निदामानुरुले पनि टोलीको खातामा ३१ रन थपे । नेपाली टोलीका बलर करण केसी र कुशल मल्लले एक९एक विकेट लिए ।

पहिलो विकेटका रूपमा नेदरल्यान्ड्सले ओपनर ब्याट्सम्यान म्याक्स ओ’डडलाई चारको व्यक्तिगत स्कोरमा गुमाएको थियो । उनको विकेट नेपाली बलर करण केसीले लिएका थिए । करणले उनलाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए । २।१ ओभरमा उनी आउट हुँदा नेदरल्यान्ड्सले १५ रन बनाएको थियो ।

नेदरल्यान्ड्सको दोस्रो विकेट कुशल मल्लले लिएका थिए । उनले नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान माइकल लेभिटलाई विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका थिए । माइकल लेभिटले पेभेलियन फर्किनुअघि अर्धशतक बनाएका थिए । उनले आक्रामक ब्याटिङ गर्दै केवल ३६ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले ५४ रन बनाएका थिए । ८।५ ओभरमा उनी आउट हुँदा नेदरल्यान्ड्सले ७७ रन बनाएको थियो ।

नेदरल्यान्ड्सले तेस्रो विकेटका रूपमा स्कट एडवार्डसलाई गुमाएको थियो । टोलीको कप्तानसमेत रहेका स्कट १६ बलमा पाँच चौकाको मद्दतले ३३ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनी रन आउट भएका थिए । दीपेन्द्रसिंह ऐरीले उपलब्ध गराएको बलमा उनलाई विकेटकिपर आसिफ शेखले रन आउट गराएका थिए । १३औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेदरल्यान्डले एक सय २३ रन बनाएको थियो ।

नेदरल्यान्ड्सले चौथो विकेटका रूपमा तेजा निदामानुरुलाई गुमाएको थियो । उनी रन आउट हुँदै पेभेलियन फर्किएका थिए । आउट हुनुअघि उनले केवल २४ बलमा तीन चौकाको मद्दतले ३१ रन बनाएका थिए । उनलाई सन्दीप जोराखले उपलब्ध गराएको बलमा विकेटकिपर आसिफ शेखले रन आउट गरेका थिए । उनी अन्तिम ओभरको अन्तिम बलमा आउट भएका थिए ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक