बुध, भदौ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home कला

भजन शिरोमणि भक्तराज आचार्यको निधन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
भजन शिरोमणि भक्तराज आचार्यको निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / प्रख्यात गायक भक्तराज आचार्यको सोमबार निधन भएको छ। घरमै अस्वस्थ भएपछि उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै गायक आचार्यको निधन भएको हो।

पारिवारिक स्रोतका अनुसार उनको अन्तिम संस्कार मंगलबार गरिने छ। राजधानीस्थित संगीत तथा नाट्य प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलिका लागि उनको शवलाई राखेर अन्तेष्टि गरिने जानकारी पारिवारिक स्रोतले दिएको छ।

८१ वर्षीय भक्तराजका दुई छोरा सत्य-स्वरुप आचार्य पनि नेपाली गीतसंगीतका लोकप्रिय गायक हुन्।

थुप्रै गीत तथा भजन गाएका भक्तराजलाई भजन शिरोमणिका उपमाले पनि चिनिन्छ।

बुबा बलभद्र र आमा रेनुकाको कोखबाट वि.सं. १९९९ साल असोज १६ मा जन्मिएका भक्तराजले ‘संगीत प्रभाकर’ सम्म अध्ययन गरेका छन्।

वि.सं. २०३० सालमा काठमाडौंमा भएको ‘अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’मा उनले गाएको ‘होसियार यसबखत समयको मुखलाई चिन…’ प्रथम भएपछि उनी रेडियो नेपालमा जागिरे भए। त्यसयता वि.सं. २०४६ सालसम्ममा उनले साढे चार सय गीत रेकर्ड गरिसकेका थिए। दुई दर्जनबाहेक सबै गीत उनले आफ्नै रचनामा तयार पारेका थिए।

उनले धेरैजसो भजन र त्यसबाहेक आधुनिक, राष्ट्रिय, बालगीत गाएका छन्।

वि.सं. २०४६ सालको एक साँझ बौद्धमा सांघातिक हमला भएपछि भक्तराजका टाउकोमा झन्डै सयभन्दा बढी टाँका लगाइएको थियो। भक्तराजको वि.सं. २०४९ सालमा जिब्रोमा खटिरा देखिएपछि उपचारको क्रममा २०५० सालमा क्यान्सर भएको पुष्टि भएको थियो। अनि उनको जिब्रो काटियो। त्यसयता उनको गायनयात्रामा विराम लागेको थियो।

उनको ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ’, ‘जति चोट दिन्छौ देऊ मायालु’, ‘सबै बेहोसी नशा पिएर’ लगायत थुप्रै कालजयी गीत छन्।

त्यस्तै उनका ‘एकदिन मैले प्रभुसँग सोधेँ’, ‘तन मन बचनले’, ‘सब निदाए प्रभु’ लगायत थुप्रै लोकप्रिय भजन छन्।

उनको जीवनी फिनिक्स बुक्सले बजारमा ल्याउने तयारी गरिरहेको छ। भक्तराजका जेठा छोरा सत्यराज आचार्यले पुस्तक लेखनका लागि सहयोग गर्ने भएका थिए।

उनको जीवनीमा आधारित भएर चलचित्र ‘आचार्य’ बनेको छ। नेपाली सुगम संगीतलाई उचाइमा पुर्‍याउन उनले ठूलो योगदान दिएका छन्।

गायक भक्तराज आचार्यले रेडियो नेपाललाई ठूलो योगदान दिएको दीप श्रेष्ठ बताउँछन्। रेडियो नेपालले दिएको डेटमा कोही नआए भक्तराज गायनका लागि तयार भइहाल्ने उनी बताउँछन्।

स्वर परीक्षा पास नगरेका व्यक्तिले रेडियो नेपालको स्टुडियोमा रेकर्ड गर्न पाउँदैन थिए। स्वर परीक्षा पास गरेका व्यक्तिले पनि रेकर्ड गर्न डेट लिनुपर्थ्यो। त्यस्तो बेलामा रेडियो नेपालमा कार्यरत भक्तराज आचार्यले समय कुरेर सयौँ गीत रेकर्ड गराएका थिए।

यो पनि पढ्नुहोस्

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आफ्नी बहिनी ‘मुटुको टुक्रा’, अरूकी बहिनी ‘दामी माल’ ?

विदेशी मुद्राको विनिमयदर निर्धारण

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै अदालत पुग्याे

जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक