काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भक्तराज आचार्यको निधनसँगै नेपाली गीत/संगीतमा एउटा अध्याय समाप्त भएको जनाएका छन्।
सोमबार निधन भएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले आचार्यको निधनसँगै देशलाई ठूलो क्षति पुगेको जनाए।
उनले आचार्यको भौतिक शरीर नरहे पनि उनको सिर्जना कालजयी रहने जनाए ।
उनले भने, ‘भक्तराज आचार्यसँगै एउटा अध्यायको समाप्त भएको छ। सांगीतिक क्षेत्रमा अग्र पंक्तिमा नाम आउने उहाँकै थियो। नेपाली संगीतलाई मैले केरै कुरा दिएँ भन्नेमा धेरै नै सन्तोष थियो होला। नेपाली संगीतलाई अझै निरन्तर दिनका लागि मैले मेरा दुई छोरा लगातार यो कर्ममा हुनुहुन्छ भन्ने सोच्नुभएको थियो।’

