शनि, कार्तिक २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई सम्झिए

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई सम्झिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले मंगलबार पोखरामा पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई सम्झिएको छ ।

पोखरा १८, मेथ्लाङमा रहेको स्व. अधिकारीको पूर्ण कदको शालिकमा माल्यार्पण गर्दै उनको छैटौं स्मृति दिवस मनाइएको हो । ६ वर्षअघि फागुन १५ कै दिन ताप्लेजुङमा पर्यटनमन्त्री रहेकै बखत हेलिकप्टर दुर्घटनामा अधिकारीको मृत्यु भएको थियो ।

सोही दिन पारेर ०७५ फागुन १५ गते मेथ्लाङमा रहेको राष्ट्रिय विभूति तथा शहीद पार्कमा अधिकारीको शालिक अनावरण गरिएको थियो । त्यही शालिकमा प्रतिष्ठानले बर्सेनि माल्यार्पण गर्दै आएको छ ।

माल्यार्पण कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले रवीन्द्र एक सच्चा र बहुआयामिक व्यक्तित्व भएको स्मरण गरे । उनले अधिकारीको अभाव नेपाली राजनीतिले गरिरहने सुनाए ।

‘रवीन्द्र अधिकारीजी वास्तवमै बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । कला, साहित्य, लेखन, विचार निर्माण, प्रवाह, प्रशिक्षण सबैमा धनी हुनुहुन्थ्यो’, अधिकारीले भने, ‘नेपालको राष्ट्रिय राजनीतिमा अतुलनीय योगदान छ । बेलाबेलामा उहाँको अभाव खट्किरहन्छ ।’ स्व अधिकारीले सधैं निष्ठाको राजनीति गरेकाले खोट लगाउने कुनै ठाउँ नभएको अधिकारीको भनाइ थियो ।

‘उहाँलाई शब्दबाट मूल्यांकन गर्न सक्ने सीमाभित्र पर्नुहुन्न’, उनले भने । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पुर्‍याएको योगदानको पनि स्मरण गरे । प्रतिष्ठानले मंगलबार नै स्व. अधिकारीको घर, पोखरा ३३ भरतपोखरामा स्मृति सभा गर्नेछ भने साँझ पोखरा ५, मालेपाटनमा रहेको रवीन्द्र बाटिकामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका महासचिव तथा पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

छठको व्रत विधि आजदेखि सुरु

छठको व्रत विधि आजदेखि सुरु

१३ घण्टा अगाडि
पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य

पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

एनपीएलमा आज दुईवटा रोमाञ्चक खेल हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक