शनि, कार्तिक २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

वित्तीय विवरण म्यानुप्युलेट गरी आइपिओ ल्याउने खेलमा धितोपत्र बोर्ड मतियार बन्योः प्रदिप यादव

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
वित्तीय विवरण म्यानुप्युलेट गरी आइपिओ ल्याउने खेलमा धितोपत्र बोर्ड मतियार बन्योः प्रदिप यादव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदिप यादवले धितोपत्र बोर्डकै मिलेमतोमा घाटामा रहेका कम्पनीको नाफा देखाएर आइपिओ ल्याउने गरेको आरोप लगाएका छन्। अडिटरमार्फत नाफा देखाई बोर्डमा निवेदन दिने र बोर्डले पनि चेकजाँच नगरी जस्तोसुकै कम्पनीलाई आपिओ निष्कासनको स्वीकृति दिइरहेको उनको दाबी छ ।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा यादवले भने, ‘अडिटरमार्फत मुनाफा देखाई धितोपत्र बोर्डमा निवेदन दिन्छन्। धितोपत्र बोर्डले चेकजाँच नगरी जस्तोसुकै कम्पनीलाई आइपिओ निष्कासनको स्वीकृति दिन्छ। उदाहरणका रूपमा घोराही सिमेन्ट, सोनापुर मिलरल्स एन्ड आयल कम्पनी, नेपाल वेयर हाउस कम्पनी, पिपुल्स हाइड्रोपावर कम्पनी आइपिओ निष्कासनअघि ग्रिन जोनमा थिए। तर, आइपिओ निष्कानपछि रेडजोनमा गए। किनकि आइपिओ निष्कासनअघि लगानीकर्तालाई आकर्षित गर्न वित्तीय विवरण नै म्यानुप्युलेट गरिएको हुन्छ।’

यस्ता कम्पनीले वित्तीय विवरण ‘म्यानुप्युलेट’ गरी रिजर्भमा रहेको रकमसमेत नाफामा देखाउने गरेको प्रमुख सचेतक यादवको दाबी छ। उनले भने, ‘धेरैजसो कम्पनीको भ्याट मुद्दा, विद्युत् बक्यौताको मुद्दा चलिरहेको छ अदालतमा। कतिपय कम्पनीलाई प्रिमियममा आइपिओ निकाल्न अनुमति दिइयो।’

कम्पनीमा लगानीको जोखिम मूल्यांकन गर्ने केयर रेटिङ नेपाल र इक्रा नेपाल एजेन्सीको समेत बोर्डले नियमन नगरेको भन्दै यादवले असन्तुष्टि जनाए। ‘मैले पाएको सूचनाअनुसार यी एजेन्सीहरूले गैरकानुनी रूपमा रेटिङ बढाउँछन्। र, धितोपत्र बोर्ड दुधको रखवाल बिरालोजस्तो भएर बसेर हेरिरहन्छ,’ उनले भने, ‘रेटिङ एजेन्सीले पूर्वाग्रही भएर रेटिङ गर्दा मिहिनेत गरेर कमाएको पैसा डुब्ने जोखिम हुन्छ। यहाँसम्म कि रेटिङ कम्पनीको सम्पर्कमा रहेर मार्केट बढाउने केही प्लेयर छन्। यी प्लेयरहरू रेटिङ कम्पनीसँग मिलेर सेयर बजारमा लगानी गर्छन्। जब सेयर बजार केही माथि जान्छ, अनि साधारण लगानीकर्तालाई के लाग्छ भने यो सेयरमा लगानी गर्नुपर्छ, धेरै माथि गइरहेको छ। गरिब, निमुखाले पनि धमाधम लगानी गर्छन्। अनि ती प्लेयर, ती बिचौलियाहरू आफ्नो पैसा झिक्छन् र बजार एकैपटक तल झर्छ। आम लगानीकर्ता डुब्छन्।’

नेपाली सेयर बजारमा गम्भीर अपराधहरू भइरहे पनि नियामक निकाय धितोपत्र बोर्ड नै मुख्य मतियार बनेर सीमित व्यापारीलाई पोस्न उद्दत रहेको यादवको भनाइ छ। ‘नेपाली सेयर बजारमा भइरहेको यो गम्भीर अपराधमा नियामक निकाय धितोपत्र बोर्ड नै मुख्य मतियार बनेर लगानीकर्तामाथि ज्यादती गरेर सीमित व्यापारी र माफियालाई पोस्न उद्यत् रहेको छ। ३२ खर्ब लागनी रहेको नेपाली सेयर बजार अत्यन्तै गम्भीर संकटपूर्ण अवस्थामा पुगेको छ,’ उनले भने।

यो पनि पढ्नुहोस्

बहुजन अधिकार सभामा रिजवान अन्सारीले भने– अब अरूको भरिया बनेर बस्ने समय सकियो

बहुजन अधिकार सभामा रिजवान अन्सारीले भने– अब अरूको भरिया बनेर बस्ने समय सकियो

१५ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

एनपीएलमा आज दुईवटा रोमाञ्चक खेल हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक