शनि, कार्तिक २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

अमेरिकी इन्डो-प्यासिफिक कमान्डरद्वारा प्रधानमन्त्री र उपप्रधानमन्त्री खड्कासँग भेटवार्ता

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
अमेरिकी इन्डो-प्यासिफिक कमान्डरद्वारा प्रधानमन्त्री र उपप्रधानमन्त्री खड्कासँग भेटवार्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / नेपाल भ्रमणमा आएका अमेरिकी इन्डो–प्यासिफिक कमान्डका कमान्डर एडमिरल जोन सी. एक्युलिनोले प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग शिष्टाचार भेटवार्ता गरेका छन् । दुवै भेटवार्तामा दुई मुलुक बीचको सम्बन्ध र नेपाली सेनाले विश्व शान्तिमा संयुक्त राष्ट्र संघमार्फत पुर्‍याउँदै आएको भूमिकाको बारेमा छलफल भएको छ ।

नेपालमा जारी शान्ति प्रयास अभ्यास–४ अवलोकन गर्न आएका एडमिरल एक्युलिनोले आइतबार प्रधानमन्त्री दाहाल र उपप्रधानमन्त्री खड्कासँग छुट्टा–छुट्टै शिष्टाचार भेटवार्ता गरेका हुन् । उक्त अवसरमा नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनको पनि उपस्थिति रहेको थियो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा दुई मुलुकका विषयमा छलफल भएको थियो । उक्त अवसरमा भ्रमणमा रहेका एडमिरल एक्युलिनोले नेपालले संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ खेलेको भूमिकाको प्रशंसा गरे । नेपाल अहिले यूएन शान्ति सैनिक पठाउने सूचीमा विश्वकै एक नम्बरमा रहेको छ ।

यस्तै, उपप्रधानमन्त्री खड्कासँग एडमिरल एक्युलिनोले रक्षा मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरे । रक्षा मन्त्रालयको अनुसार उक्त अवसरमा खड्काले नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापनाकालदेखि नै सौहार्दपूर्ण रहँदै आएको विषय उल्लेख गरे ।

नेपालको विकास निर्माण लगायतका क्षेत्रमा अमेरिकी सरकारको तर्फबाट प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहयोगको स्तर वृद्धि हुने विश्वास व्यक्त खड्काले गरे । उनले विश्व शान्तिको लागि नेपालले संयुक्त राष्ट्र संघीय मिसनहरूमा शान्ति सैनिक खटाउने लगायत महत्त्वपूर्ण योगदान गर्दै आएको र भविष्यमा समेत अन्तर्राष्ट्रिय शान्ति स्थापनाको लागि निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त अवसरमा एडमिरल एक्युलिनोले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्य निरन्तर रूपमा रहने र भविष्यमा थप मजबुत हुने विश्वास व्यक्त गरे । उनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको स्तरोन्नति एवं ग्लोबल पिस अपरेसन्स इनिसियटिभ लगायतका कार्यक्रमहरूमा निरन्तर समन्वय र सहकार्यमा अमेरिकी सरकार सकारात्मक रहेको जानकारी रक्षामन्त्री खड्कालाई दिए । उनले अन्तर्राष्ट्रिय शान्‍ति स्थापना कार्यमा नेपाली शान्ति सैनिकहरूले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै महिला शान्ति सैनिक खटाउने विषयमा नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष उदाहरण प्रस्तुत गरेको विचार समेत व्यक्त गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

एडमिरल एक्युलिनोले आइतबारै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखाल पुगेर त्यसको अवलोकन गरे । दुई साता लामो उक्त अभ्यास कार्यक्रममा नेपालसहित १९ मुलुकका सैनिकहरु छन् । संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यमा काम गर्दै आइरहेका मुलुकहरुका सेना बीचमा सहकार्य र आपसमा कलाहरु साटासाट गर्ने उद्देश्यको साथ नेपालमा भएको उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए ।

एडमिरल एक्युलिनोले अभ्यास शान्ति प्रयास–४ को सफल आयोजनाले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा सहभागी हुने फौजको पेसागत दक्षता र आपसी समन्वयात्मक क्षमतामा अभिवृद्धि गराउने कुरा व्यक्त गरे ।

यो पनि पढ्नुहोस्

बहुजन अधिकार सभामा रिजवान अन्सारीले भने– अब अरूको भरिया बनेर बस्ने समय सकियो

बहुजन अधिकार सभामा रिजवान अन्सारीले भने– अब अरूको भरिया बनेर बस्ने समय सकियो

१५ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

एनपीएलमा आज दुईवटा रोमाञ्चक खेल हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक