काठमाडाैं / नेकपा एकता राष्ट्रिय अभियानका क्रन्द्रीय सदस्य एबम् रुपन्देही ईञ्चार्ज राधेश्याम गुप्ताका श्रद्धेय पिता रामलाल गुप्ताको ७२ वर्षको उमेरमा यही फागुन १२ गते निधन भएको छ ।
यस दुखद घडिमा कमरेड राधेश्याम गुप्ता र उहाँका समस्त परिवारजनप्रति समबेदना र दिवंगत रामलाल गुप्ताप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले शोक बिज्ञप्ति जारी गर्नु भएको छ ।
बिज्ञप्तिको पूर्ण अंश यस प्रकार छ: हाम्रो पार्टीका केन्द्रिय कमिटी सदस्य कमरेड राधेश्याम गुप्ताका श्रद्धेय पिता रामलाल गुप्ताको ७२ बर्षको उमेरमा यही फाल्गुन १२ गते दिनको ३/५० देहावशान भएको दुखद खबर सुन्न पर्यो। दिवंगत पिताप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकमा रहनु भएका संपूर्ण परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु !!
वामदेव गौतम अध्यक्ष नेकपा एकता राष्ट्रिय अभियान
१२ फाल्गुण २०८०


