आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विपक्षी दलहरूले गरे बैठक अवरुद्ध

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
विपक्षी दलहरूले गरे बैठक अवरुद्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजन केसीले संसदमा विधेयक प्रस्तुत गर्ने बेला सत्तापक्षका सांसद सभाबाट बाहिर गएको आरोप लगाएपछि विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका छन् ।

विधेयक प्रस्तुत गर्ने बेला गणपूरक सङ्ख्या नपुगोस् भनेर विपक्षी दलका सांसद सभा बाहिर गएको आरोप लगाएपछि विपक्षी दलहरूले बैठक अवरुद्ध गरेका हुन् । सांसद केसीको सो आरोपछि सभामा एमाले सहितका विपक्षी दलका सांसदहरू आसनबाट उठेर होहल्ला गर्दै अवरोध गरे ।

सभामुखले सम्झाएर फेरी सांसद केसीलाई बोल्न समय दिए । केसीले भने–‘हाम्रो महासमिति बैठक भएको कुरा प्रतिपक्षी दलका साथीहरूलाई पनि थाहा छ, सङ्ख्या हिजो कम थियो, न्यून थियो, तैपनि हामी बसिरहेका थियौँ, मेरो आँखाले प्रत्यक्ष देखिरहेको थिएँ, कुनै झुटो विवरण दिइरहेको छैन ।

विधेयक पास गर्ने जिम्मेवारी सत्ता पक्षको मात्रै होइन, एक वर्षमा कानुन पास गर्ने सांसद भनेर आज सारा ठाउँमा आलोचना भइरहेको छ । विधेयक जस्तो हामीले कुरा अगाडि लानुपर्छ कि पर्दैन ? सत्ता पक्षले बोल्न पाउने कि नपाउने ? हाम्रो सङ्ख्या न्यून थियो म त्यो स्वीकार गर्छु तर विधेयक पेस गर्ने कुरा असफल पार्ने प्रयास प्रतिपक्षबाट भएको छ ।’ त्यसपछि सभामुखले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए ।

उनले संसद्को नियमित कामलाई नरोकेको बताउँदै सरकारले प्रतिपक्षी दलमाथि हिलो छ्याप्ने काम गरेको आरोप लगाए । उनले प्रश्न गरे–‘सरकारसँग बहुमत छ भने आफूले पेस गरेको विधेयक पास गर्ने आँट छ कि छैन ? छैन भने सत्ताबाट नैतिकताबाट सरकार छोड्नुपर्छ ।’

यस्तै रास्वपाका सांसद विराजभक्त श्रेष्ठले विधेयक पारित गर्न त बहुमत नभएको अवस्थामा गठबन्धनले सरकार कसरी चलाइरहेको छ भन्दै प्रश्न गरे । भएको के थियो ? बिहीबार बसेको प्रतिनिधि सभा बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको थियो । गणपूरक सङ्ख्या नपुग्दा राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० सभामा प्रस्तुत हुन असफल भएको थियो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले संसद्मा गणपूरक सङ्ख्या यकिन गर्न माग गरेका थिए । गणपूरक सङ्ख्या पुग्न एक चौथाइ अर्थात ६९ जना सांसद हुनुपर्नेमा ६५ जना मात्र भएपछि बिहीबारको संसद् बैठक स्थगित भएको थियो ।

यो पनि पढ्नुहोस्

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

१४ घण्टा अगाडि
पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

१९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

यस्ताे छ माैसम

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक