काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत जारी नामिबियाविरुद्वको खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक प्रहार qगरेका छन्। आसिफले अहिले ५९ बलमा ५४ रन बनाएर खेलिरहेका छन्।
उनले आफ्नो एकदिवसीय अन्तराष्ट्रियमा १२ औं अर्धशतक पूरा गरे। उनलाई कुशल मल्लले २० रनमा साथ दिएका छन्। नेपालले १८ ओभरमा ९४ रन जोड्दा ३ विकेट गुमाएर खेलिरहेको छ।
त्यसअघि नेपालले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेको नेपाली ओपनिङ जोडीको साझेदारी तोडिएसँगै थप ५ रन जोड्दा २ विकेट गुमायो।
कुशल भुर्तेल १८ रनमा आउट हुँदा क्रिजमा आएका अनिल साहा र देव खनाल डकआउट भए। २ बल फेस गर्दै अनिल शून्य रनमा आउट हुँदा देव खनाल ५ बलमा शून्य रमै पेभिलियन फर्किए। नामिबियाका लागि बर्नार्ड स्कोल्जले २ विकट लिँदा ज्याक ब्रसेलले १ विकेट लिए।

