बिहि, अशोज १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वीरगन्जमा फेरी अनिश्चितकालिन कर्फ्यु जारी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
वीरगन्जमा  फेरी अनिश्चितकालिन कर्फ्यु जारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले हिजो सोमबार साँझ ५ बजेदेखि जारी गरेको कर्फ्यु मंगलबार बिहान ४ घण्टा खोली पुनः बिहान १० बजेदेखि जारी गरिएको छ । वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलाबे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सार क्षेत्र चारकिल्ला तोकेर सोमबार साँझ ५ बजेदेखि जारी कर्फ्यु आदेश सर्वसाधारणको सुविधालाई मध्यनगर गर्दै मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा खोलेर फेरी अनिश्चितकालिन कर्फ्यु जारी गरिएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ( क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको उक्त आदेशको पालना नगर्नेलाई कानुन बमोजिम कडा कारबाही हुने जनाईएको छ ।

द्वन्द्वलाई उक्साउने सामग्री सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रकाशन प्रशारण नगर्न प्रजिअको आग्रह पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले द्वन्द्वलाई उक्साउने खालका सामग्री सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रकाशन प्रशारण नगर्न विज्ञप्तीमार्फत् आग्रह गर्नुभएको छ । धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिगार्ने एवम् द्वन्द्वलाई उक्साउने प्रकारका सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न तथा कुनै सञ्चार माध्यमबाट प्रकाशन प्रशारण नगर्न नगराउन पर्साका प्रमुख जिल्ला अधिकारी भुसालले विज्ञप्तीमार्फत् अनुरोध गर्नुभएको हो ।

वीरगञ्जमा देखिएको असामान्य परिस्थितिलाई सावधानीपूर्वक व्यवस्थापन गरिएको र यस परिस्थितिमा सुरक्षा निकायको सम्यमता र राजनैतिक नेतृत्व तथा नागरिक समाजका विभिन्न व्यक्तिहरुको सुझबुझपूर्ण सहयोगका कारण परिस्थिति नियन्त्रण भित्रै रहेको जनाउँदै जारी विज्ञप्तिमा सामाजिक सद्भाव बिगार्ने खालका सामग्री पोष्ट नगर्न आग्रह गरिएको हो ।

सयौं वर्षदेखि सबै जातजाति, धर्म, भाषा, सम्प्रदायबिचको एकता रहेको देशमा परिस्थिति असजम बनाउने कुनैपनि प्रयासप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाली जनता बिचको सुसम्बन्ध र एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्ने प्रतिबद्धता सहित सहयोग गर्न प्रमुख जिल्ला अधिकारी भुसालले सबैलाई आग्रह गर्नुभएको छ ।

नागरिकबीच द्वेष सृजना गर्ने, उद्योगधन्दा, व्यापार–व्यावसाय र नियमित क्रियाकलापमा असर पार्ने एवम् शान्ति सुरक्षा, अनमन चयन गर्ने कार्यमा नकारात्मक असर पार्ने कुनै पनि क्रियाकलाप नगर्न नगराउन अनुरोध गर्दै त्यस्ता क्रियाकलाप गरे गराएमा प्रचलित कानून बमोजिम कडा कारवाही गरिने पनि जारी विज्ञप्तिमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

१५औँ महाधिवेशनको प्रक्रिया सुरु

१५औँ महाधिवेशनको प्रक्रिया सुरु

७ घण्टा अगाडि
‘नेपाल–इन्डिया मिडिया एसोसिएसन’को एक महत्त्वपूर्ण बैठक सम्पन्न

‘नेपाल–इन्डिया मिडिया एसोसिएसन’को एक महत्त्वपूर्ण बैठक सम्पन्न

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आत्मनिर्भर अर्थतन्त्रका लागि बन्द उद्योगलाई ब्युँताऔं

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

यही हो त पुरानालाई बिर्साउने सुशासनको गन्तव्य ?

संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य

सरकारले कर्मचारीतन्त्र सुधार्ने काम गरोस्

प्रतिनिधिसभाको बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक