काठमाडौं ।फागुन ४ गते देखि दोस्रो सूर्यविनायक मेयर कप आठौ राष्ट्रिय पुरुष तथा महिला तौल समुह फुलकन्टयाक्ट (क्योकुशिन-सेईसिन) कराँते प्रतियोगिता शूरु भएको छ ।
२ दिन संचालन हुने उक्त प्रतियोगितालाई पानसमा दिप प्रज्वलन गरेर सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले उद्घाटन गर्नुभयो । सो अवसरमा मेयर थापाले खेलमा हारजीत हुनु स्वभावीक भए पनि अनुशासन ठूलो कुरा भएको बताउँदै स्वास्थ्यका लागि खेल अत्यन्तै आवश्यक पर्ने बताउनु भएकाे थियाे ।
सुर्यविनायक डाेजाेका प्रमुख प्रशिक्षक हर्क तामाङ(सुर्य)काे संयाेजकत्वमा भएकाे उक्त कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघका केन्द्रीय अध्यक्ष तथा विश्व क्याेकुशशिन महासंघका उपाध्यक्ष शिहान अशाेक कुमार श्रेष्ठ , वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, ५ का वडाध्यक्ष राजकुमार जोशी, ६ का वडाध्यक्ष ईश्वर खडका, ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, ८ का वडाध्यक्ष पुष्पराज बस्नेत र १० का वडाध्यक्ष शिवराम रावत, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष दिपक थापालगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
साथै मेयर थापाले खेल प्रशिक्षकलाई खेल सामाग्री वितरण गरेसँगै प्रतियोगिता शूरु भएको घाेषणा थियो । उक्त प्रतियाेगितामा जुरीमा शिहान अशाेक कुमार श्रेष्ठ , शिहान प्रेमनाथ श्रेष्ठ , मुख्य निर्णायकहरुमा प्रविण बस्नेत, राजकृष्ण श्रेष्ठ, हेराकाजी देशार, बद्री थापा मगर, राजु तामाङ तथा सहायक निर्णायकहरुमा सन्ताेष कुमार गुप्ता, राजेन्द्र थापा, बुद्ध तामाङ, राजकुमार बल, जयराम थिंग, चाेप बहादुर बुढाथोकी, सुनिल नगरकाेटी, छविलाल खडका, समीर महर्जन, सुजन श्रेष्ठ , रमेश दनुवार, मान बहादुर शिदाली, प्रकाश तामाङ, श्याम तामाङ, रवि यादव रहेका थिए ।