सोम, अशोज १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

जन्मिँदै छन् अधुरो जनयुद्धका अनुयायीहरू !

विष्फोटक पदार्थ र चन्दा ठेलीसहित दुई युवा पक्राउ र सेनाबाट बम डिस्पोज

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
जन्मिँदै छन् अधुरो जनयुद्धका अनुयायीहरू !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / सरकारमा रहेको नेकपा माओवादी केन्द्रले गत मंगलबार जनयुद्ध दिवस मनाउँदै गर्दा यही अधुरो युद्धको बाछिटाहरु फेरि देखिन थालेका छन् । माओवादीले समाजवाद स्थापना, अन्याय तथा अत्याचारमा परेका शोषित, पीडितका लागि हतियार उठाएको र सत्तामा पुगेर त्यसलाई पूरा गर्ने उद्घोषका साथ हतियार उठाएको थियो । तर, आफ्नो वचन पालना नगर्दा यसको असरस्वरुप अन्य युवा फेरि हतियार उठाउने अवस्थामा आइपुगेका छन् ।

हालै मात्र प्रहरीले भूमिगत संगठनका नाममा धाकधम्की दिई शैक्षिक संस्थाबाट चन्दा माग गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । मोरङ तथा अन्य जिल्लाहरुमा रहेका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनका नाममा महासचिव महावीरको दस्तखत भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखिएको लेटर प्याड प्रयोग गरी चन्दा माग गरिरहेको मोरङ जिल्ला प्रहरीले जनाएको छ । चन्दा नदिए ध्वंसात्मक कार्य गर्ने भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई गत माघ २९ मा पक्राउ गरेको हो ।

पक्राउ परेका इलामका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरका ३० वर्षीय विपिन अधिकारीको साथबाट विष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट ३ इन्च लामो डेडकर्ड, सोडा आधा केजी, सहयोग रसिद २ ठेली, आर्थिक सहयोग सम्बन्धी लेखिएको पत्र ५ थानलगायत बरामद भएको छ । यही समूहले विराटनगर–३ मा रहेको खाली चौरमा प्रेसर कुकर बम जस्तो बनाइराखेको र उक्त वस्तु नेपाली सेनाको सहयोगमा फागुन १ गते डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धका उद्देश्यहरु सरकारमा पुगेको दुई दशक पुग्न लाग्दा पनि पूरा नहुँदा यसको असरहरु अहिले प्रशस्तै देखिन थालेका छन् । यसको पछिल्लो उदाहरण माथिको मोरङको घटना हो । शान्तिप्रक्रियामा पुगेको केही वर्षमा नै विभाजित भएको माओवादीबाट अहिले डा. बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव लगायतको छुट्टाछुट्टै पार्टी छ । माओवादीबाटै केही नेताहरु अहिले नेकपा एमालेमा पुगेका छन् । तर, पार्टीको तीन दशक नेतृत्व लिएर पनि प्रचण्डले जनतालाई मात्र होइन, पार्टीकै नेता कार्यकर्ताको चित्त बुझाउन सकेका छैनन्, जसका कारण हरेक निर्वाचनमा माओवादी केन्द्र खुम्चिँदै गएको छ ।

देश रूपान्तरण गर्ने लक्ष्य लिएर करिब तीन दशकअघि हतियार उठाई तत्कालीन शासन सत्ताविरुद्ध सशस्त्र युद्ध थालेको र त्यसपछि शान्ति प्रक्रियामा आई संविधानसभा निर्वाचनमा पहिलो पार्टीसमेत बन्न सफल भएको नेकपा माओवादी केन्द्र अब आफ्नै पार्टीमा व्यापक रुपान्तरण आवश्यकता देखिएको छ । राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, सामाजिक न्याय र सुशासनको कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, जनताको विकासको आकांक्षालाई ठोस रूपमा सम्बोधन गर्न संगठन निर्माण र जनपरिचालनका कार्यक्रम बनाई अभियानका रूपमा सञ्चालन गर्न माओवादीले धेरै काम गर्नुपर्ने देखिन्छ ।

माओवादी अहिले सत्तासीन दल हो । गत चुनावमा तेस्रो दल भए पनि नेपाली कांग्रेसलगायत दलसँगको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बनेका छन् । प्रचण्ड नेतृत्वको सरकारमा माओवादीबाट अन्य नेता पनि मन्त्री छन् । सामान्यतया सरकारमा हुनु भनेको काम गर्ने ठाउँमा हुनु हो । माओवादी पनि अहिले देशको जिम्मेवारी बोकेर काम गर्ने ठाउँमा छ । यहाँ उसलाई गुनासो मात्र गरेर बस्न पाउने छूट छैन । सरकारको काम भनेको जनताको सेवा हो, उनीहरुलाई सुविधा प्रदान गर्नु हो । देशको अर्थतन्त्रलाई बलियो बनाउनु हो । रोजगारी वृद्धि र किसान, श्रमिक तथा सर्वहारा वर्गको उत्थान गर्नु सरकारको कर्तव्य हो । जनतालाई राहत पुग्ने खालका कार्यक्रमहरु सरकारबाट लागू गर्न दबाब सृजना गर्ने काम मात्र सत्तासीन पार्टीले गर्ने हो भने जनताबीच त्यो पार्टीको लोकप्रियता अवश्यम्भावी बढ्छ । अझ सरकारले नै पार्टीका सुझावलाई सम्बोधन गर्ने हो भने अरु पार्टीको प्रतिस्पर्धा पनि सम्भव हुँदैन । देशको बिग्रँदो अर्थतन्त्र, बैंक तथा वित्त, स्वास्थ्य तथा स्वास्थ्य क्षेत्रको चरम विकृति, सर्वसाधारणको कठिनाइपूर्ण जीवनस्तर, बेरोजगारी जस्ता क्षेत्रमा सरकारले काम गर्न सकेमा मोरङका जस्ता घटना दोहोरिने छैन ।

६० को दशकमा माओवादी शान्ति प्रक्रियामार्फत संसदीय व्यवस्थामा आउँदा राजनीतिमा परिवर्तन आउने आम जनमानसको अपेक्षा थियो । तर, त्यसविपरीत माओवादी नेतामा नै स्वार्थ हाबी हुँदा माओवादी अवसरवादी पार्टीको रुपमा चित्रित भयो । माओवादी लगायत पुराना दलप्रति वितृष्णाको मत अहिले नयाँ पार्टी तथा स्वतन्त्र उम्मेदवारले पाइरहेका छन् । माओवादीले पनि आफ्नो गल्तीलाई महसुस र सुधार आवश्यक छ ।

यो पनि पढ्नुहोस्

वडा सदस्यदेखि राष्ट्रिय सभा हुँदै केन्द्रीय नेतृत्वतर्फ गीता देवकोटाको राजनीतिक यात्रा

वडा सदस्यदेखि राष्ट्रिय सभा हुँदै केन्द्रीय नेतृत्वतर्फ गीता देवकोटाको राजनीतिक यात्रा

३ घण्टा अगाडि
‘बाः एक योद्धा’को कमाइ करिब दुई करोड

‘बाः एक योद्धा’को कमाइ करिब दुई करोड

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वडा सदस्यदेखि राष्ट्रिय सभा हुँदै केन्द्रीय नेतृत्वतर्फ गीता देवकोटाको राजनीतिक यात्रा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कांग्रेसको विधान संशोधनमा तीन महामन्त्री रहने

कतारलाई झन्डा हस्तान्तरण गर्दै बिदाइ एशियाली खेलकुद

न्याय परिषद् बैठक भाेलि

प्रधानसेनापति बेलायत प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक