शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

राप्रपा र दुर्गा प्रसाईँबीच सहकार्यको सहमति ! आन्दोलनको मोडालिटी तयार !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
राप्रपा र दुर्गा प्रसाईँबीच सहकार्यको सहमति ! आन्दोलनको मोडालिटी तयार !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र अभियन्ता दुर्गा प्रसाईबीच सरकारबिरुद्ध र जनचासोका साझा एजेन्डामा आन्दोलनको सहकार्य गर्ने सहमति भएको छ। राजधानीको एक होटलमा सोमबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र अभिन्यता प्रसाईंबीच छलफलपछि यस्तो सहमति भएको हो।

प्रसाईंसँगको भेटवार्तापछि लिङदेनले राजसंस्था, हिन्दु राज्य, संघीयता खारेजी र वित्तीय अनुशासन सम्बन्धी एजेन्डा मिल्ने शक्तिसँग सहकार्य गर्ने चाहनाअनुसार प्रसाईंसँग सहकार्य गर्न खोजेको प्रतिक्रिया दिए।

उनले देश सञ्चारसँग भने, ‘प्रसाईँको आन्दोलन अभियान हो, हाम्रो पार्टी हो। सहकार्यको मोडालिटीबारे थप छलफल गरेर अघि बढ्छौँ।’

प्रसाईंले आज (फागुन १) देखि सुरु गर्न लागेको अर्को चरणको आन्दोलनमा राप्रपाका नेता कार्यकर्तालाई पनि सहभागी हुन बाटो खुला भएको छ।  प्रसाईंको अभियानले संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागू गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रियकरण गर्नुपर्ने मागसहित फागुन १ देखि अर्को चरणको आन्दोलन थाल्दैछन्।

२० लाख रुपैयाँभन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत ब्याजदरमा दिनुपर्ने, ऋणलाई पुनर्संरचना गरी १५ वर्षसम्ममा किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्ने, सरकारको मातहतमा रहेका संघसंस्थाहरुको पुँजी बैंकमा राख्दा शून्य प्रतिशत ब्याजमा राखिनुपर्ने, निजामती कर्मचारीको तलब सुविधा १ लाख ५० हजार हुने ग्यारेन्टी गर्नुपर्ने, सर्वोच्चमा १०० जना न्यायाधीश थप गरेर सबै मुद्दाको छिनोफानो २ वर्षभित्र गर्नुपर्ने लगायतका माग पनि प्रसाईंको आन्दोलनले गर्दै आएको छ।

फागुन १ देखि सुरु हुने आन्दोलनमा पनि सोही मागलाई उठाउने तयारी रहेको आन्दोलनका अभियान्ताले बताएका छन्। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार दुर्गा प्रसाईंको अभियान र आन्दोलनसँग राप्रपालाई कसरी अघि बढाउने भनेर राप्रपा र प्रसाईंको तर्फबाट दुई/दुई सदस्यीय समिति बनाउने सहमति भएको छ।

काठमाण्राडौ / लिङदेन नेतृत्वको राप्रपाले नेताहरु धवलशमशेर राणा र हेमजङ्ग गुरुङ सम्मिलित दुई सदस्यीय समिति बनाएको उनको भनाइ छ।

उनले भने, ‘हाम्रो पार्टीबाट दुई जना तोकिएको छ, प्रसाईंजीका पनि दुई जना थपेर चार जनाको समिति बनाएर एउटा खाका बनाउने सहमति भएको छ, हिन्दु राष्ट्र र राजसंस्थाको पुर्नस्थापना, प्रदेश संरचनाको खारेजी प्रसाईंजीले उठाइरहेका वित्तीय समस्या, मिटरव्याज सम्बन्धी विषयमा राप्रपाको समर्थन छ, बैंक र सहकारीमा उहाँले उठाएका बिषयमा पनि राप्रपाको समर्थन र सहकार्य छ, यी लगायत जनजीविकाका विषयमा कसरी अगाडि बढ्ने भनेर केही दिनमा खाका तयार गरिनेछ।’

यो पनि पढ्नुहोस्

बहुजन अधिकार सभामा रिजवान अन्सारीले भने– अब अरूको भरिया बनेर बस्ने समय सकियो

बहुजन अधिकार सभामा रिजवान अन्सारीले भने– अब अरूको भरिया बनेर बस्ने समय सकियो

८ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

एनपीएलमा आज दुईवटा रोमाञ्चक खेल हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक