काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्षको उत्कृष्ट पारा खेलाडीको अवार्ड एथ्लेटिक्सकी मैया बिसुन्खेलाई प्रदान गरेको छ।
शनिबार एक कार्यक्रमबीच मञ्चले अवार्ड प्रदान गरेको हो।
२०७९ को पारा खेलाडीतर्फ मैया बिसुन्खेले अवार्ड हात पारिन्।
उनी पारा ओल्म्पियनसमेत हुन्। एसियन स्पोर्ट्स जोर्नालिस्ट अवार्ड हङकङ चीनका चिउच्याङ फाइलाई दिइएको छ।