एजेन्सी । अफ्रिकन कप अफ नेसन्सको उपाधि घरेलु टोली आइभरी कोस्टले जितेको छ। शनिबार राति भएको खेलमा नाइजेरियालाई २-१ ले पराजित गर्दै आइभरी कोस्ट तेस्रो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जित्न सफल भयो।
ओलम्पिक रंगशालामा सोमबार सम्पन्न फाइनलमा आइभरी कोस्टको जितका लागि सवास्टिन हलरको गोल निर्णायक भयो। जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका हलरले सेमिफाइनलमा समेत गोल गरेका थिए। उनी १३ महिना अघि मात्र अण्डाकोसको क्यानसरको निधान पछि खेलमा फर्किएका थिए।
खेलमा १-० ले पछि परेको अवस्थामा दोस्रो हाफमा सानदार पुनरागमन गर्दै घरेलु टोली च्याम्पियन बनेको थियो। खेलको ३८औं मिनेटमा विलियम ट्रोस्ट इकोङको गोलमार्फत नाइजेरियाले अग्रता बनाएको थियो। तर दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कियो। ६२ औं मिनेटमा फ्र्यान्क केसाइले गोल गर्दै खेल बराबरीमा ल्याए। टिमका लागि निर्णायक गोल ८१औं मिनेटमा हलरले सम्भव बनाए।
आइभरी कोस्ट तेस्रो पटक च्याम्पिनयन बनेको हो। यसअघि आइभरी कोस्ट सन् १९९२ र २०१५ मा च्याम्पियन बनेको थियो। आयोजकका रुपमा भने यसअघि २००६ मा इजिप्टले जितेको थियो।
विजेता बनेको आइभरी कोस्टले ७ मिलियन डलर पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको नाइजेरियाले ४ मिलियन डलर प्राप्त गरेको छ।