बिहि, असार ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

अनभिज्ञ विशेष अतिथिमा ‘अन्डरटेकर’ ले राेनाल्डाकाे अगाडि ट्रफी उचालेपछि . . .

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
अनभिज्ञ विशेष अतिथिमा ‘अन्डरटेकर’ ले  राेनाल्डाकाे अगाडि ट्रफी उचालेपछि . . .
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी  । रियाद सिजन कप फुटबल प्रतियोगिताको फाइनलमा निम्त्याइएको विशेष अतिथिलाई देखेर समकालीन विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डो पनि दंग परेका छन् । रियाद सिजन कपको फाइनलमा पोर्चुगिज स्टार रोनाल्डो र ब्राजिलियन स्टार नेमारको टोली आमने–सामने थिए ।

साउदी अरेबियाको रियादमा फाइनल खेल सुरु हुनुअघि दुबै टोलीका खेलाडी मैदानमा लामबद्ध थिए । सोही अवसरमा विशेष अतिथिले ट्रफी सार्वजनिक गर्ने कार्यक्रम राखिएको थियो । रंगशालामा उपस्थिति धेरै समर्थक विशेष अतिथिको विषयमा अनभिज्ञ थिए ।

एकाएक फुटबल मैदानमा विशेष अतिथिका रुपमा प्रकट भए, डब्लूडब्लूई सुपर स्टार ‘अन्डरटेकर’ । उनी विस्तारै आफ्नै शैलीमा ढल्कँदै ट्रफी राखिएको स्थानसम्म पुगे । त्यसपछि उनले मैदानमा उपस्थित दर्शकका लागि ट्रफी सार्वजनिक गरे ।

ट्रफी सार्वजनिक गर्न विशेष कार्यक्रम आयोजना गरिएको थियो । ५८ वर्षीय मार्क विलियम कालावे अर्थात अन्डर टेकरले ट्रफी उचालेर रंगशालामा उपस्थित दर्शकलाई पनि देखाए । अन्डरटेकरलाई देखेर रोनाल्डो पनि छक्क परेका थिए । उनी खुसी पनि देखिएका थिए ।

अन्डरटेकरले ट्रफी उचालेपछि रोनाल्डोले हाँसेर आफ्ना साथीसँग कानेखुसी पनि गरेका छन् । उक्त खेलमा रोनाल्डोको टोली पराजित भएको थियो । नेमारको क्लब अल हिलालले रोनाल्डोको क्लब अल नासरलाई २–० गोलले हराएको थियो ।

लामो समयदेखि घाइते अवस्थामा रहेका रोनाल्डो पनि उक्त खेलमा मैदानमा ओर्लिएका थिए । केही दिनअघि मात्र ३९औँ वर्षमा प्रवेश गरेका रोनाल्डोले घाइते भएकै कारण अर्का महान खेलाडी लियोनल मेस्सीको क्लब इन्टर मियामीविरुद्धको मैत्रीपूर्ण खेल पनि गुमाएका थिए । साउदी अरेबियन ब्यवसायीक फुटबलमा अल नासर र अल हिलाललाई चिरप्रतिद्वन्द्वीका रुपमा हेरिन्छ ।

यो पनि पढ्नुहोस्

३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताको तयारी पूरा

३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताको तयारी पूरा

२ घण्टा अगाडि
स्कटल्यान्डलाई ३–० गाेलले पराजित गर्दै  ब्राजिल समूह विजेता 

स्कटल्यान्डलाई ३–० गाेलले पराजित गर्दै ब्राजिल समूह विजेता 

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताको तयारी पूरा

भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

जुम्लामा ४.१ म्याग्नेच्युडको भूकम्प गयाे

रास्वपाकाे केन्द्रीय सदस्य निर्वाचणमा २ हजार ९५९ मत खस्याे

रास्वपाकाे मतदान जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक