मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home पत्रपत्रिका

युवाविहीन बन्दै गाउँबस्ती

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
युवाविहीन बन्दै गाउँबस्ती
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बझाङ । खप्तडछान्ना गाउँपालिका–३, धडागाउँका रामबहादुर सार्कीको घरमा ताला लागेको छ वर्ष भयो । उहाँको घरको रेखदेख गर्ने कोही छैनन् । उहाँका तीन छोरी, दुई छोरा र श्रीमती छिमेकी देश भारतमा छन् ।

गाउँघरमा छाक टार्न धौ धौ भएपछि धडागाउँमा बस्ने अधिकांश सार्की परिवार रोजगारीको सिलसिलामा भारत पलायन भएका हुन् । गाउँघरमा रोजगारीको अवसर तथा खेतीपाती गर्दा राम्रो उब्जाउ नहुने भएकाले यसरी पलायन हुनु परेको स्थानीयको भनाइ छ ।

यहाँका अधिकांश युवा कामको खोजीमा बाध्य भएर गाउँ छोडेर अन्यत्रै पलायन भएका छन् । कतिपय झोलीझिम्टा बोकेर र घरमा ताला ठोकेर तराई तथा भारत पस्ने गरेका छन् ।  स्थानीय राजे सार्कीको घरमा पनि ताला लागेको वर्षौं भयो । उहाँ पनि सपरिवार भारत पस्नुभएको छ । केही महिनाअघि गएको भूकम्पका कारण घर चर्किए पनि पुनर्निर्माणका लागि राजे सार्की गाउँ फर्किने सम्भावना देखिँदैन ।

अधिकांश नागरिक भारत जानुको मुख्य कारण आम्दानीको स्रोतको अभाव, खेतीयोग्य जमिन तथा स्वरोजगार नहुनु मुख्य कारण देखिएको छ । अर्काको खेतबारीको काम गर्नु, मागेर जीविका चलाउनु र काम गरेर खाने वातावरण नभएपछि भारत पस्ने गरेको देखिन्छ ।

त्यस्तै स्थानीय युवा हिरू सार्की, बने सार्की, सिबु सार्की, कन्तरे सार्की, हर्क सार्कीलगायत १५ परिवारको घरमा ताला लागेको छ । गाउँ सुनसान जस्तै बनेको छ । कसैको घर वृद्धवृद्धा बाआमाले कुरिरहेका छन्, कसैकोमा ताला लागेको छ ।

रोजगारीको खोजीमा भारत नगएको एउटा घर पनि बाँकी छैन । स्थानीय सिद्धराज सार्र्कीले भन्नुभयो, “मेरो आफन्तका १९ घर छन् तर अहिले तीन/चार परिवार मात्रै गाउँमा छौँ । अरू सबै रोजगारीको खोजीमा घरमा ताला लगाएर सपरिवार भारतका विभिन्न सहरमा पुगेका छन् ।

परिवारसहित भारत पसेकाहरू वर्षौं भइसक्दासमेत फर्किएका छैनन् । स्थानीय सरकारले गाउँ गाउँमा सडक, बत्ती र खानेपानीको सुविधा पु¥याए पनि आम्दानीको स्रोतको अभावमा गाउँ छोडेर अन्यत्र पलायन हुनेको सङ्ख्या बढिरहेको छ ।

कहिलेकाहीँ देवीदेवताको पूजाआजा गर्न आउने पनि एक/दुई दिन बसेर भारत नै फर्किने गरेका छन् । रोजगारीको खोजीसँगै भारत पसेका सबै जनाले छोराछोरीसमेत सँगै लैजाने गरेका कारण बालबालिकाको भविष्यसमेत अन्धकार बन्दै गएको बताइन्छ ।

यहाँ गाउँमा बस्ने वातावरण छैन । भारतका विद्यालयमा अध्ययन गराउन आर्थिक अवस्थाले भ्याउँदैन । जसका कारण विद्यालय जाने उमेर समूहका बालबालिका बुवाआमासँग मजदुरी गर्न बाध्य हुने गरेको स्थानीय मदन सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँमा रोजगारीको अवसर नभएका कारण युवा बिदेसिएसँगै मान्छे मर्दा लास घाटसम्म पु¥याउने मान्छे पनि छैनन् । कतिपय युवाका लागि विदेश जानु फेसन जस्तै भएका कारण बझाङका धेरै गाउँ रित्तिएका छन् ।”

खप्तडछान्ना गाउँपालिका–३ का वडाध्यक्ष गौरी अधिकारीले भारत जाने सङ्ख्या धेरै रहेको बताउनुभयो । घरको एक जना रोजगारीका लागि भारत नगएको कुनै गाउँ नै छैन । यस विषयमा वडा र पालिकाभन्दा पनि प्रदेश सरकार र सङ्घीय सरकारले विशेष नीति ल्याएर काम गर्नुपर्ने सुझाव उहाँको छ ।

खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तम रोकाया विदेश जाने युवालाई स्वदेशमै रोक्न विभिन्न सिपमूलक तालिम र अनुदानका कार्यक्रम सञ्चालन गरिएको बताउनुहुन्छ ।

बझाङका विकट साइपाल, तलकोट, मष्टा गाउँपालिका, जयपृथ्वी नगरपालिका, थलारा, छबिसपाथिभेरा, दुर्गाथली, सुर्मा, केदारस्युँ, विथ्थडचिर गाउँपालिका र बुङ्गल नगरपालिकाबाट हजारौँको सङ्ख्यामा युवा भारत पलायन भएका छन् ।

गोरखापत्र

यो पनि पढ्नुहोस्

देउवा दम्पती पक्राउ नगर्न अन्तरिम आदेश

देउवा दम्पती पक्राउ नगर्न अन्तरिम आदेश

४ मिनेट अगाडि
सभापति रवि लामिछानेले आगामी जेठ १८ गतेदेखि भारतको भ्रमणमा जाने

सभापति रवि लामिछानेले आगामी जेठ १८ गतेदेखि भारतको भ्रमणमा जाने

९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

मुद्राको विनिमयदर सार्वजनिक

क्यान महासंघमा नेतृत्व परिवर्तन

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक