बिहि, बैशाख १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल प्रहरीको अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाल प्रहरीको अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं,  । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा कार्यसम्पादन सम्झौता आ.व. २०८०/०८१ को अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले समग्रमा कार्यसम्पादन सम्झौता गरिएका कार्यालयहरूबाट सन्तोषजनक कार्य सम्पादन भएतापनि वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनाहरूमा बाँकी क्रियाकलापको कार्यान्वयनमा कार्यालयहरूबाट कार्य सम्पादनमा थप तीव्रता दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

समयसापेक्ष सांगठनिक विकास, प्रहरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढिकरण र समग्रमा संगठनको शुद्धिकरण नै कार्ययोजनाको प्रमुख उद्देश्य रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले कार्ययोजना अन्तर्गत तर्जुमा गरिएका योजना प्रतिवेदनहरूलाई प्रतिवेदनमा नै सीमित नराखी तत्काल कार्यान्वयनमा लैजान जिम्मेवार सम्पूर्ण विभाग तथा कार्यालयहरूले जोड दिनुपर्ने बताउनुभयो ।

कार्यप्रगतिको विषयमा आफ्ना धारणा र सुझावहरू प्रस्तुत गर्दै उहाँले सम्पूर्ण जिम्मेवार विभाग तथा कार्यालयहरूबाट तयार भएका योजना प्रतिवेदन, निर्देशिका तथा मापदण्डहरूले अपेक्षित उद्देश्य हासिल तथा लक्ष्य प्राप्त हुने गरी तर्जुमा गरिएको छ/छैन भन्ने सम्बन्धमा सुनिश्चित हुन जरूरी रहेको बताउनुभयो ।

समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न विभागका प्रतिनिधि, नेपाल प्रहरी अस्पतालका प्रतिनिधि, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका प्रतिनिधि, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि, केन्द्रीय अनुसन्धान व्यूरो तथा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधिहरूले नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्य सम्पादन सम्झौताको साउनदेखि पुस महिनासम्मको कार्य प्रगति, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान विवरण, नागरिक केन्द्रीत प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, ट्राफिक व्यवस्थापन सुधार लगायतका विषयमा आ-आफ्नो कार्यालय तथा 2 मातहत कार्यालयबाट भएका प्रहरी कारबाही लगायतका अन्य उल्लेखनीय प्रयास तथा उपलब्धीबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरू, तीन वटै परिसर एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

जेनजी आन्दोलनका ७ शवको पहिचान अझै खुलेन

जेनजी आन्दोलनका ७ शवको पहिचान अझै खुलेन

४ दिन अगाडि
ट्राफिक व्यवस्थापनका चुनौतीबारे छलफल

ट्राफिक व्यवस्थापनका चुनौतीबारे छलफल

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेनजी आन्दोलन घटनाका कारबाही गर्न ‘छिट्टै’ सिफारिस गर्ने

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक