आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

नेताहरु नसुध्रिए राजनीति नेताहरुकै निम्ति प्रतिकूल बन्दै !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

राजनीतिक दल, शीर्ष नेताहरु, वर्तमान शासकीय प्रणालीमाथि प्रश्न उठिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले आफ्नो सक्रियता बढाएका छन् । उनी तराईका विभिन्न जिल्ला र केही पहाडी जिल्लामा पनि अभिनन्दन, मन्दिर दर्शनजस्तो बहानामा जनतासँगको अन्तक्र्रिया बढाएका हुन् । यसबीचमा राजनीतिक दलहरु भने आफ्नो छवि सुधार्न र देश तथा जनताको हितमा काम गर्नभन्दा पनि पूर्वराजालाई धम्क्याउने रणनीतिमा लागेका छन्, जसको कारण पूर्वराजाप्रति सहानुभूति र नेताहरुप्रति वितृष्णा बढिरहेको छ । राजतन्त्र अन्त्य र गणतन्त्र स्थापना भएको १६ वर्ष बित्दा पनि देशमा फेरि राजतन्त्र स्थापनाको विषय उठेको छ । साढे दुईसय वर्षभन्दा बढी अवधि देशमा शासन गरेको राजतन्त्रको आवश्यकता र औचित्य नरहेको भन्दै दोस्रो जनआन्दोलन भएको थियो । सम्पूर्ण राजनीतिक दल र जनतालाई राजतन्त्रको विपक्षमा बनाएको त्यो माहोल अहिले परिवर्तन भएको छ ।

अहिले मुलुकमा फेरि संघीय व्यवस्थामाथि नै प्रश्न उठेको छ । गणतन्त्रवादी नेताहरुको जनविरोधी र देशविरोधी क्रियाकलापले राजतन्त्र फर्काउने कसरतमा लागेकाहरुलाई उत्साह बढाउने काम भइरहेको छ । यस बीचमा नेताहरुको अस्वाभाविक जीवनशैलीले पनि यो व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ । जनयुद्ध गरेर संसदीय व्यवस्थामा आइपुगेका माओवादी नेताहरुको जीवनशैली अहिले नवसामन्तवादको झल्को दिने खालको छ । कांग्रेस तथा एमालेका नेताहरुको ठाँटबाँटयुक्त जीवनशैलीमा पनि कुनै कमी आएको छैन । यसले नेताहरु विकास निर्माण र देश तथा जनतालाई सेवा गर्नेतर्फ भन्दा आफू र आफ्नो आसेपोसलाई पोस्नेतर्फ मात्र सक्रिय भएको र राज्यकोषको त्यही अनुसार दुरुपयोग गरेको पाउन सकिन्छ । नेपालको राजनीतिक दल मात्र नभएर संविधानले पनि देशको गन्तव्य समाजवाद भएको उल्लेख गरेको छ । कम्युनिस्ट पार्टीहरु एमाले र माओवादी नभई पूँजीवादी दल कांग्रेसले पनि समाजवादलाई कुनै न कुनै रुपमा समर्थन गरेको देखिने गरेको छ । तर, यो केवल कागज र भाषणबाजीमा मात्र सीमित देखिएको छ ।

पछिल्लो समय मुलुकमा दलाल पुँजीवाद र बिचौलिया हावी हुँदा किसान, श्रमिकलगायत धेरै पीडित छन् । महँगीका कारण जीवनयापन नै धान्न गाह्रो छ । ऋण लिँदा घरबास उठिबास लाग्ने जोखिम छ । हाल मुलुकको अर्थतन्त्र संकटोन्मुख छ । सरकारले केही भ्रष्टाचारको फाइल खुलाएको त छ, तर भ्रष्टाचार, तस्करीमा कमी आउन सकेको छैन । शिक्षा, स्वास्थ्य, बैंकवित्त सबै क्षेत्रमा चरम लुट छ । महँगीका कारण उपभोक्ताको ढाड सेकिएको छ । न्यून आय भएका नागरिकलाई दैनिकी धान्न नै कठिन भइसकेको छ । बेरोजगारीका कारण सयौं युवा दैनिक विदेश पलायन भइरहेका छन् । तर, पूँजीपति वर्ग भने सरकारबाट लाभ लिन सफल भइरहेका छन् । तर, नेताहरुमा अहंकार भने कम भएको छैन । उनीहरु आफू सुध्रिनेभन्दा पनि अरुलाई दोष देखाउने बाटोमा अझै लागिपरेका छन् । के देशमा यतिका वर्ष पनि विकास गर्न नसक्ने दलहरु अहिले राजतन्त्रको पक्षमा लागिरहेको नारा र प्रदर्शनका जिम्मेवार होइनन् र ? यदि उनीहरुले विकास, सुशासन, रोजगारी दिएका आजको दिनमा राजतन्त्र शब्द कसैले उच्चारण गर्ने थिए ? यी प्रश्नहरु उनीहरुतर्फ नै सोझिएका छन् । अब पनि उनीहरु नसुध्रिए राजनीतिक अवस्था नेताहरुकै लागि प्रतिकूल बन्ने देखिन्छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

पाँच दिने चलचित्र छायाङ्कन तालिम सुरु

पाँच दिने चलचित्र छायाङ्कन तालिम सुरु

५६ मिनेट अगाडि
केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक