शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं– सुन तस्करी प्रकरणको छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ।

अहिले आयोगको सिंहदरबारस्थित कार्यालयमा महराको बयान भइरहेको आयोगका संयोजक आर्चायले बताए। उनले नेपाल लाइभसँग भने, ‘सुन प्रकरणबारे केही सोधपुछ तथा बुझ्नुपर्ने भएकाले उहाँ ९महरा०लाई बोलाएर बयान लिइरहेका छौं।’

आयोगले बोलाएपछि महरा बयान दिन सिंहदारबारस्थित आयोगको कार्यालयमा पुगेका थिए। पहिलाको गृह मन्त्रालय भवनमा आयोगको कार्यालय खडा गरिएको छ। सोही कार्यालयमा अहिले महराको बयान भइरहेको छ।

यसअघि भेपमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले समेत महरासँग बयान लिएको थियो। असोज १५ गते साँझ महराको पौने सातदेखि साढे सात बजेसम्म ४५ मिनेट बयान लिइएको थियो।

सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको फोन सम्पर्क देखिएकाले त्यतिबेला सीआईबीले महराको बयान लिएको थियो।

चिनियाँ सुन तस्कर दाओजिन वाङ्गसँग आफ्नो पुरानो चिनजान रहेको महराले सीआईबी समक्ष स्विकारेका थिए। वाङ्गले मलाई आफू एउटा फलफूल व्यापारीको रूपमा नेपालमा व्यापार गर्ने भनी चिनाएकाले त्यही रुपमा लिएर विमानस्थलको तत्कालीन भन्सार प्रमुख अरुण पोखरेललाई फोन गरेको भन्दै सुन तस्करीवारे जानकारी नै नभएको दाबी गर्दै बयान दिएका थिए।

यता सोही भेपमार्फत भएको ९ किलो सुन तस्करीमा भने महराका छोरा राहुललाई पक्राउ गरेर सीआईबीले मुद्दा चलाएको थियो। उनी अहिले पुर्पक्षका लागि कारागारमा छन्। उनै राहुलसँग यसअघि नै आयोगले बयान लिइसकेको छ।

यसैगरी आयोगले सुन तस्करी प्रकरणमा जोडिएका व्यक्ति तथा अनुसन्धानमा खटिएका प्रहरी अधिकृतसँग समेत बयान लिइसकेको थियो। छानबिन आयोगले धमाधम सुन तस्करीमा अनुसन्धान गरेका, तस्करीमा कनेक्सन देखिएका र संलग्न अन्य व्यक्तिहरुको बयान लिन थालेको छ।

असोज १४ गते मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो। उक्त आयोगलाई पहिलो पटक दिएको समय सकिएपछि २ महिना थप गरिएको थियो। अबको एक महिना समय भएकाले आयोगले सक्रिय रुपमा आफ्नो काम गरिरहेको अध्यक्ष आचार्यले बताए।

यसअघि आयोगले केन्द्रीय अनुसन्धान ब्यूरोकी (सीआईबी) एआईजी किरण बज्राचार्यसँग सोधपुछ गरेको थियो। बज्राचार्यलाई सिंहदरबारस्थित कार्यालयमा बोलाएर आयोगका पदाधिकारीहरूले सोधपुछ गरिएको थियो।

६० किलो सुन र भेपमार्फत गरेको सुन तस्करीबारे अनुसन्धान सहित पछिल्लो समय सीआईबीले सुन तस्करीमा गरेको अनुसन्धानका बारेमा समितिले छलफल गरेको अध्यक्ष डिल्लिराज आचार्यले बताए।

तस्करले ६० किलो सुन हङकङबाट र इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर दुबईबाट सुन काठमाडौंमा ल्याएका थिए। ६० किलो सुनबारे अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा र भेपबारे अनुसन्धान गरेका डिएसपी दुर्गा दाहालसँग पनि आयोगका पदाधिकारीले छलफल गरेका थिए।

ब्रेक प्याड भित्र लुकाएर तस्करी भएको ६० किलो सुनमा जोडिएका जीवन चलाउनेलाई केन्द्रीय अनुसन्धान ब्यूरोकी एआईजी किरण बज्राचार्यले उन्मुक्ति दिएकी थिइन्।

चलाउने विरुद्ध डिफ्युजन नोटिश जारी गर्न अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ९इन्टरपोल० पत्राचार गरिएको थियो। सीआईबीको प्रतिवेदनमा उनलाई प्रतिवादी बनाइएको थिएन। सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्दा चलाउनेलाई प्रतिवादी कायम गरेको थियो।

आयोगका अधिकारीहरूले जिल्ला सरकारी वकिल कार्यालयका तत्कालीन प्रमुख अच्युतमणि न्यौपानेसँग पनि सोधपुछ गरिसकेका छन्। उनले आफूले अनुसन्धान भएर आएको प्रतिवेदनका आधारमा जिल्ला अदालतमा मुद्दा दायर गरेको जवाफ दिएका थिए।

यसैगरी जाँचबुझ आयोगले अध्यागमन विभागका पूर्व महानिर्देशक झलकराम अधिकारीसँग पनि बयान लिएको थियो। सह–सचिव अधिकारी हाल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत छन्।

६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएपछि उनी सरुवा भएका थिए। आयोगले बुधबार नै सुन तस्करीमा थुनामा रहेका चुडामणि उप्रेती ‘गोरे’सँग बयान लिएको थियो।

यो पनि पढ्नुहोस्

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

४ घण्टा अगाडि
राप्रपाको केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग

राप्रपा फेरि विभाजन

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

बजेटमा सकारात्मक पक्षको चर्चा

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक