काठमाडाैं । सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको सुधार देखिएको छ। आज ४.९२ अंकले बढेर २०९०.६४ को विन्दुमा कायम भएको हो।
आज विभिन्न तीन सय १३ कम्पनीका ७७ लाख ३२ हजार दुई सय ३४ कित्ता सेयर दुई अर्ब ८४ करोड २५ लाख ५० हजार दुई सय ३७ बराबरको कारोबार भएको छ। वित्त समूह ०.०४, उत्पादन तथा प्रशोधन समूह ०.१७, निर्जीवन बिमा समूह ०.३९, व्यापार समूह ०.१२ र अन्य समूह १.५३ प्रतिशतले घटेको छ।
आजको कारोबारमा सबैभन्दा बढी होटेल तथा पर्यटन समूह १.५० र जीवन बिमा समूह १.२९ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ समूह ०.२६, विकास बैंक समूह ०.३०, जलविद्युत् समूह ०.९४, लगानी समूह ०.४० र म्युचुअल फन्ड ०.४२ प्रतिशतले बढेको छ।
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र इस्टर्न हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने एनसिसी डिभेञ्चर–२०८६ ५.२५ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु. २४ करोड ८२ लाख ६८ हजार ३८ बराबरको तीन लाख ५४ हजार दुई सय ५८ कित्ता सेयर किनबेच भएको छ।

