काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभा सदस्य बन्ने कुरा अपमान जस्तो लाग्न थालेको जनाएका छन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आफूलाई अपमानजनक पदबाट कहिलेदेखि मुक्ति हुन पाइएला भन्ने लागेको धारणा ब्यक्त गर्नु भएको छ ।
आजसम्म भएका प्रधानमन्त्रीले बहुदलीय प्रतिस्पर्धाको प्रणालीबाट समाजवाद निर्माण गर्न सकिन्छ भनेर एउटा ढाँचा पनि प्रस्तुत गर्न नसकेको भन्दै गौतमले नेपाल कसरी अघि बढ्ने भन्ने ढाँचा कसैले पनि दिन नसकेको दाबी गर्नु भयो।
गौतमले भन्नुभयो, ‘लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्ने काम यो संविधानको हो। नेपाली जनताको हो। यो संविधान जारी गर्नेहरुको हो।
बहुदलीय प्रतिष्पर्धाको प्रणालीबाट कस्ते किसिमको समाज निर्माण गर्नुपर्छ भन्ने परिकल्पना त्यो संविधान निर्माण गर्नेले त्यसै बेलादेखि देखेका छन्। आजसम्म भएका प्रधानमन्त्रीले बहुदलीय प्रतिस्पर्धाको प्रणालीबाट समाजवाद निर्माण गर्न सकिन्छ भनेर एउटा ढाँचा पनि प्रस्तुत गर्न सक्नुभएको छैन।’


