सोम, जेष्ठ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

वर्तमानमा संघर्षका मोर्चा र निशानाबारे सही नीति !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव बारे !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
   – नारायण शर्मा
आज नेपालको परिस्थिति हिंजोको भन्दा झन्झन्  जटिल, गम्भीर र संगीन छ । प्रतिगमनकारी राजावादी प्रतिकृयावादी र लोकतान्त्रिक यथास्थितिवादी  प्रतिकृयावादीजस्ता दुई शक्तिका बिचमा मूलतः देस ध्रुवीकृत भैरहेको छ । वास्तवमा यो ध्रुवीकरण त राष्ट्रविरोधी प्रतिकृयावादी र राष्ट्रहितकारी क्रान्तिकारी शक्तिजस्ता दुई विपरीत ध्रुवका शक्तिबिचमा हुनुपर्ने हो । यस्तो नहुनु विडम्बना भएको छ ।
जेहोस्, यी दुई प्रमुख शक्तिमध्ये पहिलो शक्ति र प्रवृत्तिले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको संरक्षण र सम्बर्द्धनको नारा उचालिरहेको छ । साथै यसले आफ्नो सनातन धर्म-संस्कृतिको रक्षा र विकासको लागि एकताबद्ध भएर लड्ने नीति पनि लिएको छ । देशभक्ति र राष्ट्रवादको नारा र नाममा यो सामन्ती प्रतिक्रियावादी शक्ति र प्रवृत्ति एकीकृत र ध्रुवीकृत हुँदै पछिल्ला दिनहरुमा झन्झन् सुदृढ र सबल समेत हुँदै गइरहेको छ । त्यसैको आडमा यो शक्ति र प्रवृत्तिले अहिले एउटा लडाइँ चर्कै रुपले लडिरहेको र अघि बढिरहेको पनि छ । यसले राजनैतिक, धार्मिक, सामाजिक र सांस्कृतिक स्वतन्त्रता भएको राज्यव्यवस्थाको रुपमा पुरानै राजा, राजतन्त्र र राजसंस्थासहितको हिन्दु धर्मसापेक्ष राष्ट्र र एकीकृत-केन्द्रीकृत राज्यव्यवस्थाको निर्माण (पुनरावृत्ति)को माग गरिरहेको छ । सार र समग्रमा भन्नुपर्दा यो राष्ट्रवादी भनिने शक्ति र प्रवृत्तिले आफ्नो राजनीति र राष्ट्रियताको श्रोत, शक्ति र आधार ईश्वर, राजा र धर्मजस्ता प्रतिगामी र रुढीबादी विचार र शक्तिकेन्द्रलाई बनाउँदै सामन्ती निरंकुशतन्त्र र वर्गीय आत्मसमर्पण अवलम्बन गरेको छ ।
यसरी नै दोश्रो शक्ति र प्रवृत्तिले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्बर्द्धन गर्दै अग्रगामी दिशामा अघि बढ्ने नीति र नाराका नाममा पहिलो शक्ति र प्रवृत्तिका विरुद्ध आफ्नो लडाइँ जारी र जटिल भएको भन्दै अझ गम्भीर र निर्मम लडाइ लड्ने बताउँदै आएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको लागि लडेको र ल्याएकोमा गर्व गर्ने हाल लाल दलाल तथा नव नोकरशाही पुँजीवादी शक्ति र प्रवृत्तिसमेतले लोकतन्त्र र आफ्नो राजनीतिको श्रोत, शक्ति र आधार वैदेशिक शक्तिकेन्द्र खासगरी इन्डो-पश्चिमा साम्राज्यवादलाई बनाएको छ अर्थात् लोकतान्त्रिक व्यवस्थाको वैचारिक आधार नवउदारवादलाई बनाउँदै राष्ट्रिय आत्मसमर्पणवादको दिशामा तीव्र गतिमा अघि बढेको छ ।
देसको यस्तो गम्भीर र संगीन मोडको मझधारमा सच्चा देसभक्त र सच्चा लोकतन्त्रवादी/ कम्युनिस्ट क्रान्तिकारीहरुको  अर्थात् सामन्तवाद-साम्राज्यवादविरोधीहरुका विभिन्न साना र कमजोर तर उज्ज्वल भविष्य बोकेका राष्ट्रहितकारी समाजवादी शक्ति पनि उभिएका छन् । यहाँनेर एउटा यो कुरामा यो शक्ति र यसका पक्षधर शक्ति-व्यक्ति र नेतृत्व-व्यक्तित्वहरु स्पष्ट हुनु जरुरी छ कि जो सच्चा देशभक्त हो त्यो लोकतन्त्रवादी/जनवादी (democratic ) पनि हो र हुनैपर्छ भने जो सच्चा लोकतन्त्रवादी हो ऊ देशभक्त ( patriotic) पनि हो र हुनैपर्छ । अनि यी दुई शक्ति अर्थात्  जनवादी र देसभक्त शक्तिहरु आपसमा एकताबद्ध र मोर्चाबद्ध भएर मात्र माथि उल्लिखित दुई मुख्य शक्ति र प्रवृत्ति सामन्तवाद र साम्राज्यवादपरस्त शक्तिहरुका विरुद्ध अर्थात् वर्गीय आत्मसमर्पण र राष्ट्रिय आत्मसमर्पणवादका विरुद्ध लड्न सकिन्छ । यसो भयो भने मात्र यो लडाइँ सच्चा देसभक्तिपूर्ण र सच्चा लोकतान्त्रिक/जनवादी वा समाजवादी लडाइँ हुन्छ । यसरी मात्र यो तीव्र, तिक्ष्ण, सबल र सफलसमेत हुन्छ अनि दीगो-दरो रुपमा अघि बढ्छ । अन्यथा हाम्रो यो लडाइँ जान वा अनजानरुपमा सीधा वा घुमाउरो बाटो भएर छिटो वा ढिलो गरी अन्ततः र सारत: विदेसी साम्राज्यवादी-विस्तारवादी शक्तिकेन्द्रहरुको पूर्ण नियन्त्रणमा जान्छ । त्यसपछि  त हाम्रो देस, समाज र व्यवस्था आदि सबैका सबै उनीहरुकै अधीनमा पुग्न जाने अवस्था हुन्छ । तसर्थ राष्ट्रिय स्वाधीनता र जनस्वतन्त्रताको अहिलेको यो हाम्रो लडाइँ उपरोक्त दुवैथरी मुख्य जनविरोधी र राष्ट्रविरोधी शक्ति र प्रवृत्तिका विरुद्ध केन्द्रित छ र हुनैपर्छ ।
यस्तो अवस्थामा राष्ट्रिय स्वाधीनता र लोकतन्त्र दुवैको रक्षा र विकासको लागि लडिने आजका लडाइँमा प्राय: दुई तरिका अपनाएको पाइन्छ । एउटा तरिका हो- सामन्ती प्रतिगमन र राष्ट्रिय आत्मसमर्पणका विरोधी अर्थात् सामन्तवाद र साम्राज्यवादविरोधी अथवा भनौं वर्गीय र राष्ट्रिय आत्मसमर्पणवादविरोधी सम्पूर्ण शक्तिहरु अर्थात् कम्युनिस्ट, काङ्ग्रेस, देसभक्त, राष्ट्रवादी, मधेशवादी, जातिवादी, क्षेत्रवादीजस्ता आफूलाई अग्रगामी क्रान्तिकारी, लोकतन्त्रवादी र देसभक्त-राष्ट्रवादी भन्ने सबैका सबै शक्तिहरुको एउटै मोर्चा बनाएर उपरोक्त दुवैथरी मुख्य दुश्मनहरुविरुद्ध लड्ने अर्थात् “मोर्चा एक र प्रहारको निसाना पनि एक नै” बनाएर लड्ने तरिका ।
अर्को तरिका हो- “मोर्चा फरक/अनेक तर प्रहारको निशाना उही एक” बनाएर लड्ने तरिका अर्थात् अग्रगमनवादी क्रान्तिकारीहरु, यथास्थितिवादी लोकतन्त्रवादीहरु र राजावादी राष्ट्रवादीहरु जस्ता यी तीन थरी शक्ति र प्रवृत्तिलगायतका अन्य विभिन्न शक्ति र प्रवृत्तिहरुहरुले आआफ्नै विविध मोर्चाहरु बनाएर देस र जनताका यी दुवैथरी मुख्य दुश्मनहरु विशेषत: साम्राज्यवाद र सामन्तवादलाई निशाना बनाएर प्रहार गर्ने तरिका ।
अघिल्लो तरिका अपनाइएमा क्रान्तिकारी वैकल्पिक विचार, बाटो, विधि, व्यवस्थापिका र व्यवस्था बोकेका वामपन्थी र कम्युनिस्ट क्रान्तिकारीहरु एवं यथास्थितिवादी काङ्ग्रेस र अन्य लोकतन्त्रवादी भन्नेहरु अनि आफूलाई देसभक्त र राष्ट्रवादी भन्ने राजावादी प्रतिगमनकारी आदि सबै आपसमा वृहत् रूपमा मोर्चाबद्ध भएर लडेमा विगत २०४६/४७ र २०६२/६३ का आन्दोलनमा जस्तै एकप्रकारको सफलता त प्राप्त गर्न सकिएला तर त्यस्तो मोर्चा र आन्दोलनमा सबै प्रकारका शक्ति र प्रवृत्तिहरु  छ्यासमिस हुने हुनाले वर्तमान र ताजा इतिहासमा समेत राम्रो छवि नभएका यी शक्तिहरु र अन्य सच्चा देसभक्त र क्रान्तिकारी शक्तिहरु सबै एउटै हुन् भन्ने भ्रम पर्छ । परिणामत: गलत छवि भएका राष्ट्रघाती, निरंकुश र भ्रष्ट दलालहरु चोख्याइने र उनीहरु नै सच्चा क्रान्तिकारी र सच्चा देसभक्त अर्थात् सामन्तवाद र साम्राज्यवादविरोधी सच्चा शक्ति, प्रवृत्ति, व्यक्ति-व्यक्तित्व र नेतृत्वहरुमाथि हावी भै सच्चाहरु नै कि त बदनाम हुने कि त भने ओझेल पर्ने, कमजोर हुने, उपेक्षित हुने, अपमानित हुने र सत्ताच्यूत नै हुने हुन्छ र यस्तो हुँदै आएको हाम्रो आफ्नै पनि अनुभव  छ । यदी क्रान्तिकारी विकल्पवाला शक्तिहरु तुलनात्मक रुपले बढी नै शक्तिशाली हुने र नेतृत्व लाछी र कायर नभएर अन्य शक्तिहरुमाथि हावी हुने अवस्था हुन्थ्यो भने पनि सके त ‘यी सबै एउटै हुन्’ भन्ने भ्रम पर्दैनथ्यो वा भ्रम कम पर्थ्यो र सच्चा देसभक्त र जनवादी क्रान्तिकारीहरु ओझेल पर्ने, कमजोर हुने र उपेक्षित हुने हुँदैनथ्यो; नभएपनि केही थोरधेर परेको भ्रम चिर्न, भएको क्षति पूर्ति गर्न र क्रान्तिकारी विकल्पलाई स्थापित, सुदृढ, विकसित र विस्तारित गर्न पनि सकिन्थ्यो तर अहिले त्यो अवस्था छैन । यतिबेला सच्चा क्रान्तिकारी र देशभक्तहरु पनि आपसमा माझामाझ गर्न सकेका छैनन् बरु बाझाबाझ गरेर कुटपिट र टुटफुट हुँदै विघटन र विसर्जनतिर गैरहेको अवस्था छ । त्यसैले क्रान्तिकारीहरु कमजोर भएको यो अवस्थामा सबै शक्तिहरुको एउटै मोर्चा बनाएर लड्ने नीति लिनु घातक हुनसक्ने हुँदा दोस्रो तरिका अपनाउनु उपयुक्त हुने देखिन्छ ।
तसर्थ, प्रतिगमनविरुद्ध लड्ने सबै शक्तिहरुबिच प्रतिगमनका विरुद्ध आआफ्नै मोर्चाबाट लड्ने एउटा सहमती गरेर आआफ्ना भिन्न-भिन्न मोर्चाबाट प्रतिगमनकारी सामन्ती निरंकुशतावादी शक्तिका विरुद्ध प्रहार गर्दै जाने गर्नु उचित र आवश्यक हुन्छ । यसरी नै हाल सत्तासीन साम्राज्यवाद र तिनका राष्ट्रिय आत्मसमर्पणकारी दलाल शक्तिहरुका विरुद्ध लड्ने देसभक्त र राष्ट्रवादी भनिने शक्तिहरुले पनि आआफ्ना मोर्चाबाट साम्राज्यवाद र तिनका दलालहरु एवं उनीहरुको वर्तमान दलाल राज्यसत्ता-व्यवस्थाका विरुद्ध प्रहार केन्दृत गर्नु जरुरी छ ।
यदी पहिलो तरिकाले सम्पूर्ण शक्तिहरुसँगै क्रान्तिकारीहरु पनि मिलेर प्रतिगमनका विरुद्ध गैयो भने बढी सम्भव छ कि जान-अन्जान रुपमा ढिलो वा चाँडो, थोरै वा धेरै  र प्रत्यक्ष वा अप्रत्यक्ष रुपले  सम्राज्यवादको पंजा र पाउको पकडमा पर्न पुग्ने  वा संसदीय यथास्थितिवादमै सीमित हुन पुगिन्छ ! यो स्थिति भनेको अन्ततः र सारत:  दलाली र गद्दारी त हुन्छ नै, साथै तुलनात्मक रुपले अग्रगमनको नाममा त्यो त प्रतिगमन नै हुन्छ ! यसरी स्पष्ट हुनुपर्छ कि प्रतिगमनविरुद्ध लड्नु भनेको यथास्थितिमै अड्नु होइन, न त साम्राज्यवादको अधीनमा नै पर्नु हो जो सर्वाधिक दुखद र विडम्बनापूर्ण अवस्था हो । वास्तवमा  प्रतिगमन विरुद्ध लड्ने भनेको त अग्रगमनतिर बढ्नु र गन्तव्यमा पुग्नु हो ।
ठीक यसरी नै आजको एकध्रुवीय शक्तिशाली दादा साम्राज्यवाद-विस्तारवादका शोषण-उत्पीडन र हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता रक्षाको लागि लड्ने भनेको अर्थात् यथास्थितिवादी र साम्राज्यवादी शक्तिहरुका विरुद्ध लड्ने भनेको राजा, राजतन्त्र, धार्मिक राज्यजस्ता पश्चगमनकारी  यात्रामा लाग्नु होइन र यसरी त सफलता र दीगो विजय प्राप्त हुँदैन भन्ने बुझ्नु पनि त्यत्तिकै जरुरी छ । किनकि, आजको साम्राज्यवादी विश्वव्यवस्थामा सामन्तवादको लगनगाँठो साम्राज्यवादसँग अभिन्न र दरिलो रुपले कँसिएको छ ।
विश्वमा आज सामन्तवाद र राजा-महाराजाहरुको अस्तित्व कि त साम्राज्यवादसँग घाँटी जोडेर बचेको छ कि त भने स्वंयं तिनको विकास साम्राज्यवादमै   भएर नै रहने गरेको छ । यसक्रममा हामी सच्चा अग्रगामी क्रान्तिकारीहरुले समग्र प्रतिकृयावादी संसद, सरकार र सत्ता/व्यवस्थाका विरुद्धमै प्रहार गर्दै तिनको स्थानमा नयाँ सदन ( जनप्रतिनिधि सभा), राष्ट्रिय जनसरकार र जनताको  राष्ट्रिय र जनवादी सत्ता/व्यवस्थाको स्थापना र विकास गर्नको लागि लड्दै र बढ्दै जानु नै एक मात्र राम्रो र सही नीति हुन्छ । सम्बन्धित सबैले गम्भीरतापूर्वक मनन र कार्यान्वयन गरौं ! अस्तु !!
                      *****

यो पनि पढ्नुहोस्

एभरेष्ट इन्जिनियरिङमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न   

एभरेष्ट इन्जिनियरिङमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न  

१३ मिनेट अगाडि
भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न

भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न

१५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुई दिने चिकित्सक सङ्घकाे सम्मेलन आयोजना हुने

मुद्राको विनिमयदर सार्वजनिक

सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीशहरूलाई आग्रह

थिचोमिचो विरुद्ध प्रदर्शन

संविधान संशोधन विधेयक पारित गर्ने विपक्षमा एमाले

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक