एजेन्सी । नामिबियाका राष्ट्रपति हेज जी गिन्गोबको निधन भएको छ । राष्ट्रपति गिन्गोबको आइतबार बिहान राजधानी विन्डहोकस्थित अस्पतालमा उपचारका क्रममा ८२ वर्षको उमेरमा निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ।
उनी क्यान्सर पीडित थिए । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अत्यन्तै दुःख र खेदका साथ यो जानकारी गराउँदछौँ कि प्यारा डा. हागे जी गिन्गोब, नामिबिया गणतन्त्रका राष्ट्रपतिको आइतबार बिहान ४ बजे लेडी पोहाम्बा अस्पतालमा निधन भएको छ ।’
विज्ञप्तिमा थप भनिएको छ, ‘नामिबियाले जनताको एक जना प्रतिष्ठित सेवक, मुक्ति संघर्षका प्रतीक, हाम्रो संविधानको प्रमुख संरक्षक र सारा नामिबियाई जनताको घरको स्तम्भ गुमाएको छ ।’
शनिबार मात्रै उपराष्ट्रपति एम्बुम्बाले राजधानी शहर विन्डहोकको लेडी पोहम्बा अस्पतालमा क्यान्सरको केमोथेरापी उपचार गराएपछि गिन्गोब गम्भीर तर स्थिर अवस्थामा रहेको जनाकारी गराएका थिए ।


