शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

प्रदेश सरकार स्पष्ट नीतिका साथ काम गरिरहेको छः मुख्यमन्त्री जम्कट्टेल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रदेश सरकार स्पष्ट नीतिका साथ काम गरिरहेको छः मुख्यमन्त्री जम्कट्टेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
मनहरी (मकवानपुर) – बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकार स्पष्ट नीतिका साथ काम गरिरहेको बताएका छन्।
प्रदेशसभा स्थापना दिवसको अवसरमा आज हेटौँडामा आयोजित कार्यक्रममा उनले प्रदेश सरकार कुरामा मात्र नभई काममा सिद्ध भएको बताए।
सरकारको कामले जनता सङ्घीयताका साथै यसको व्यवस्थाका पक्षमा रहेको जनाउने भन्दै उनले प्रदेशको साझा विकासका लागि सरकारले स्पष्ट नीति लिएर काम गरिरहेको बताए। नकारात्मक टिप्पणी गरेर जनतालाई भ्रममा नपार्न उनले प्रतिपक्षलाई आग्रह गरे।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेशमा १० वटा अस्पतालको स्तरोन्नति गरिएको भन्दै उद्योग व्यवसायका क्षेत्रमा विभिन्न नीति ल्याएर कच्चापदार्थ उत्पादनमा जोड दिन प्रदेश सरकारले तयारी गरिरहेको जानकारी दिए।
“प्रदेशभित्रका विद्यालयलाई आवासीय ढङ्गले सञ्चालन गरिएको छ । माध्यमिक तहमा प्राविधिक शिक्षासम्बन्धी अध्ययन गराउन तथा विश्वविद्यालय स्थापनाका लागि अन्तिम तयारीमा पुगेका छौँ”, उनले भने।
चिकित्सा शिक्षा नीतिको काँडेतार भत्काएर सामान्य नागरिकको पहुँच पुग्ने गरी नीति बनाएर कार्यान्वयन गर्ने पक्षमा रहेको भन्दै मुख्यमन्त्रीले कृषि तथा उद्योग नीति निर्माण गर्ने तयारीमा रहेको जानकारी दिए।
उनले भौतिक पूर्वाधारका क्षेत्रमा सरकारले आगामी वर्षमा ५० लाखभन्दा कमका योजना स्थानीय सरकारलाई दिने तयारी गरिरहेको बताए।
प्रदेशसभा छैटौँ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेकामा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री जम्कट्टेलले आगामी दिनमा प्रदेशसभा अझै सुव्यवस्थित हुँदै जाने अपेक्षा व्यक्त गरे।
प्रदेशका सभामुख भुवनकुमार पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणी पौडेल, प्रमुख प्रतिपक्ष नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया, कांग्रेस संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामालगायतले शुभकामना व्यक्त गरेका थिए।

यो पनि पढ्नुहोस्

बहुजन अधिकार सभामा रिजवान अन्सारीले भने– अब अरूको भरिया बनेर बस्ने समय सकियो

बहुजन अधिकार सभामा रिजवान अन्सारीले भने– अब अरूको भरिया बनेर बस्ने समय सकियो

३ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

एनपीएलमा आज दुईवटा रोमाञ्चक खेल हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक