शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

पूर्वराजाको सम्बोधनले नेताहरु किन झस्किए ?

प्रचण्ड र ओलीले दरबार हत्याकाण्डका अपराधीलाई कारबाही गर्न सक्लान् ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
पूर्वराजाको सम्बोधनले नेताहरु किन झस्किए ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं/ पूर्वराजा ज्ञानेन्द्र शाहले जब जब शासकीय नेतृत्वप्रति प्रश्न उठाउँछन्, तब तब नेताहरुले दरबार हत्याकाण्डको छानबिनको प्रसंग उठाउने गरेका छन् । पछिल्लो समय पनि दरबार हत्याकाण्डको छानबिनको विषय उठेको छ । यसको कारण हो, वर्तमान सरकारको नेतृत्व तथा राजनीतिक दलप्रति शाहको असन्तुष्टि ।
पूर्वराजा शाहले हालै वीरगन्जमा आयोजित कार्यक्रममा सरकार तथा राजनीतिक दलका नेताप्रति जनताको असन्तुष्टि बढ्दै गएको र जनताले आफ्नो पक्षमा आवाज उठाएको आफूले सुनेको र देखेको जनाए । उनले विगत १५ वर्षमा राजनीतिक दलले जनतालाई निराशातर्फ डोहो¥याएको पनि दाबी गरे । देशको वर्तमान राजनीतिक अवस्थाप्रति तीव्र असन्तुष्ट रहेकाले जनताले राजालाई नेतृत्व गर्न आह्वान गर्दै आएको शाहको दाबी थियो । अहिले प्राकृतिक विपत्ति, बेरोजगारी, महँगी र अस्थिरताको भुमरीमा फसेका आमनेपालीले सत्य, सेवा र लोकहितको अनुभूति गर्न नपाएको उनले कार्यक्रममा जनाए ।
राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएको दाबी गर्दै उनले शाह वंशीय राजपद्धतिको इतिहासले राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधिबाहिर कुनै पनि समस्याको समाधान नखोजेको र नखोज्ने प्रस्ट पारे । उनले दरबार हत्याकाण्डको विषयमा अहिले पनि आफ्नो परिवारलाई आक्रमण हुनु अन्यायपूर्ण भएको जनाए ।
शाहको यो सम्बोधनसँगै फेरि एकपटक विभिन्न दलका शीर्ष नेताहरु उनीप्रति खनिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको फेरि छानबिन हुने जनाएका छन् । ‘पूर्वराजाले जे बोलेका छन्, बोल्नै नहुने कुरा बोलेका छन् । दरबार हत्याकाण्डबारे फेरि एकपल्ट छानबिनतिर सरकार अघि बढ्दै छ,’ प्रचण्डले भनेका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाकाविरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको जनाएका छन् ।
यस्तै, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले राजदरबार हत्याकाण्डको प्लट पहिल्यै तयार पारेर घटना भएको दाबी गरेका छन् । एक टेलिभिजन कार्यक्रममा उनले सबैभन्दा धेरै सुरक्षा घेरामा रहेको राजाको वंशविनाश हुनु आधुनिक समयको भयानक षड्यन्त्र हो भन्दै राजदरबार हत्या काण्डको प्लट पहिल्यैदेखि तयार पारेर राखिएको र सुटिङ हुनेबित्तिकै रिलिज भएको दाबी गरे ।
पछिल्लो समय दरबार हत्याकाण्डबारे पूर्वराजा शाहले दरबार हत्याकाण्ड भएपछि राजनीतिक जालझेल गरी नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाइएको बताएपछि दरबार हत्याकाण्डको विषयमा फेरि बहस सुरु भएको छ । तर जसरी पूर्वराजाले व्यवस्थाप्रति असन्तुष्टि जनाउँछन्, त्यसरी नै दरबार हत्याकाण्डको छानबिनको विषय उठाएर नेताहरु पूर्वराजालाई धम्की दिने प्रयत्नमा देखिन्छन् ।
२०५८ साल जेठ १९ मा भएको दरबार हत्याकाण्डको दुई दशक बितिसकेको छ । त्यतिबेला नयाँ राजा ज्ञानेन्द्रले जेठ २२ मा बेलुका एक शाही घोषणा गर्दै राजदरबारमा घटेको दुःखद घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउने प्रक्रियास्वरुप तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेका थिए । सो समितिमा तत्कालीन सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपाललाई समेत सदस्य तोकिएको थियो । यद्यपि, नेपाल सो समितिमा बसेनन् । उनले राजीनामा दिएका थिए ।
बाँकी दुई सदस्यीय समितिले जेठ ३२ गते प्रतिवेदन बुझायो । २६ गतेदेखि काम सुरु गरेको समितिलाई सुरुमा काम सुरु गरेको मितिले ३ दिन समय दिइएको थियो । पछि फेरि ४ दिन थपिएको थियो । तर समितिको प्रतिवेदनले आम स्वीकार्यता पाउन सकेन । अहिले पनि सो घटनालाई षड्यन्त्रको विभिन्न आयामको प्रतिफल मान्ने मानिसहरु प्रशस्तै छन् ।
छानबिन समितिले युवराज दीपेन्द्रलाई हत्याकाण्डको दोषी ठहर गरेको थियो । आफूले चाहेको केटीसँग विवाह गर्न नभएको झोकमा उनले आफ्नै बुबा राजा वीरेन्द्रको वंशनाश गरेको भाष्य भने छानबिन नसकिँदै फैलिइसकेको थियो । रानाभाटको छानबिन समितिको निष्कर्षमाथि पनि धेरैको प्रश्न छ । त्यसैले दीपेन्द्रलाई दोषी मान्ने यथेष्ट प्रमाण नदेखिँदा यो हत्याकाण्ड रहस्यमय बन्दै गयो ।
तर, माओवादी जनयुद्धपछि प्रचण्ड सत्तामा आइपुगे । उनले दरबार हत्याकाण्डको छानबिन गर्ने जनविश्वास थियो । तर, प्रचण्ड सत्ताशक्तिको चास्नीमा यति डुबे कि उनले आफूमाथि जनताको आकांक्षा र अपेक्षा सबै बिर्सिए । यस क्रममा कांग्रेस, एमाले, माओवादीका जति पनि नेताले सत्ताको नेतृत्व गरे, उनीहरुले दरबार हत्याकाण्डको छानबिन गर्ने हिम्मत गर्न सकेनन् । तर, पछिल्लो समय जब वर्तमान व्यवस्थाप्रति जनताले असन्तुष्टि व्यक्त गरे, पूर्वराजा शाहले पनि यही मौकाको सदुपयोग गर्दै राजनीतिक दल र तिनका नेताप्रति टिप्पणी गर्न थाले त्यसपछि झस्किएका नेताहरु भने दरबार हत्याकाण्डको छानबिनको हाउगुजी देखाउन थालेका छन् ।
दरबार हत्याकाण्ड मात्र नभई, एमाले नेता मदन भण्डारी, जीवराज आश्रित र अन्य शीर्ष नेताहरुको मृत्यु पनि स्वाभाविक रुपमा रुपमा भएको देखिँदैन, तर त्यस्ता रहस्यमय मृत्युका घटनाको छानबिन गर्न कुनै पनि नेताहरुले तदारुकता देखाएका छैनन् । त्यसैले अहिले पनि प्रचण्ड सरकारले दरबार हत्याकाण्डको फेरि छानबिन गर्ने अभिव्यक्ति केवल पूर्वराजा शाहलाई धम्क्याउनका लागि आएको हो भन्ने स्पष्ट हुन्छ । यदि राजनीतिक दल साँच्चै देश र जनताप्रति उत्तरदायी छन् भने यस्ता घटनाको निष्पक्ष छानबिन र चाँडो टुंग्याउन आवश्यक छ । जनधारणा साप्ताहिक

 

 

यो पनि पढ्नुहोस्

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

३ घण्टा अगाडि
जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जापानमा पहिरोको जोखिम बढ्याे

आज सुनको मूल्य बढ्याे

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक