मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

ड्यानिल मेडभेडेभलाई पराजित गर्दै अस्ट्रेलियन ओपन टेनिसको उपाधि जित्याे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
ड्यानिल मेडभेडेभलाई पराजित गर्दै अस्ट्रेलियन ओपन टेनिसको उपाधि जित्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मेलबर्न । केही खेलाडी दबाबमा बढी राम्रो खेल्ने गर्छन् । यानिक सिनिर त्यस्तै रहे । उनले दुई सेटले पछाडि रहेको स्थिति उल्टाउँदै आइतबार ड्यानिल मेडभेडेभलाई पाँच सेटको फाइनलमा पराजित गर्दै अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् ।

उनले ग्रान्ड स्लामको उपाधि जितेको यो पहिलोपल्ट हो । सुरुमा दुई सेटमा रुसी खेलाडीको आक्रामक प्रस्तुति अगाडि इटालीका चौथो वरियता प्राप्त सिनरको केही चलेन । लागिरहेको थियो, मेडभेडेभले सजिलै फाइनल जित्ने छन् । तर त्यसपछि उनी खेलमा फर्किए र तीन घण्टा ४४ मिनेट चलेको फाइनल ३(६, ३(६, ६(४, ६(४, ६(३ ले जिते ।

रड लेभर एरेनामा भएको फाइनल जितेपछि सबैभन्दा पहिले २२ वर्षीय सिनर भुईंमा ढले, त्यसपछि आफ्नो बक्समा चढेर प्रशिक्षक सिमोन भानोजी र डरेन चाहिललाई अंगालो मारे । उनले १४ एसे प्रहार गरे भने ५० विनर्स आत्मसात् गरे । यसक्रममा उनले मेडभेडेभको चारपल्ट सर्भिस तोडे । उनी अस्ट्रेलियन ओपन च्याम्पियन हुने पहिलो इटालीका खेलाडी पनि बने ।

यस्तै उनी सन् १९७६ पछि ग्रान्ड स्लाम जित्ने पहिलो इटालीका खेलाडी पनि भए । सन् १९७६ मा एड्रिनो पानाटाले अन्तिम पटक ग्रान्ड स्लाम जित्ने खेलाडी बनेका थिए । सन् २००८ मा नोभाक जोकोभिचपछि उनी अस्ट्रेलियन ओपन जित्ने कान्छो खेलाडी पनि बने ।

सिनरले सेमिफाइनलमा कीर्तिमान १० पल्टका विजेता जोकोभिचलाई हराएका थिए । यसक्रममा प्रतियोगिताले नयाँ विजेता पाउने निश्चित भएको थियो ।

पराजित तेस्रो वरियताका मेडभेडेभका लागि यो एक अर्को स्तब्धपूर्ण नतिजा रह्यो । सन् २०२२ को फाइनलमा पनि उनले दुई सेटको अग्रता लिएर पनि राफेल नाडालविरुद्धको खेल गुमाएका थिए ।

पूर्व यूएस ओपन रहेका २७ वर्षीय मेडभेडेभले यससँगै ग्रान्ड स्लामका पाँच फाइनल गुमाइसकेका छन् । उनी ग्रान्ड स्लामको फाइनल त पुग्छन्, तर जित्न सक्दैनन् । उनले जितेको भने त्यही सन् २०२१ को यूएस ओपन मात्रै रहेको छ ।

यसपल्टको खेलमा पनि सिनर जितका लागि पूर्ण हकदार रहेको स्विकारे । उनले भने, ‘खेलको अन्त्यसम्म उनले आफ्नो संघर्ष जारी राखे र आफ्नो मानसिक स्थितिलाई बलियो राखे । ‘मलाई विश्वास छ, म फेरि एकपल्ट ग्रान्ड स्लामको फाइनल पुग्ने छु । जितका लागि आफूले सक्दो प्रयास गर्ने छु र भाग्यमानी पनि हुनेछु,’ उनले भने । यहाँनिर उनले ‘भाग्यमानी’ शब्द प्रयोग गरेका छन् । खासमा उनी ग्रान्ड स्लामा साँच्चै अभाग्यशाली सावित भइरहेका छन् ।

यता सिनर भने स्वाभाविक रूपमा अपार खुसीमा रहे । ‘म अहिले निकै खुसी छु र आनन्द महसुस गरिरहेको छु । आजको फाइनल गज्जब रह्यो । यो मेरो लागि ठूलो अवसर पनि रह्यो । र, यो मेरो लागि ठीक मोड पनि रहृयो,’ सिनरले भने, ‘आजको जित मेरो जीवनकै सबैभन्दा अविश्मरणीय क्षण रहेको छ । म भर्खर २२ वर्षको भएँ, तर अहिलेसम्म मैले तय गरेको यात्रा सजिलो भने थिएन । मलाई लाग्छ, म दबाबमा बढी राम्रो खेल्ने गर्छु ।’

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक