आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

केपी ओलीको आन्दोलन र जनताका समस्या !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आन्दोलनको मुडमा देखिएको छ ।तर जनताका समस्याका लागि हैन आफ्नै लागि मात्र १ गत चुनावमा दोस्रो स्थानमा रहेर पनि केन्द्र र प्रदेश दुवैतिर सत्ताविहीन हुनुपरेको पीडा एमालेलाई छ । माओवादीलगायत दलसँग गठबन्धन गरेर सत्तामा सहभागी भए पनि पछि माओवादीको धोकाका कारण एमाले सत्ताविहीन हुनुप¥यो । कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, जनमत लगायत दलको गठबन्धनको कारण सत्ताबाट बाहिरिनु परेपछि एमाले अहिले त्यो गठबन्धन फुटाउने मनस्थितिमा देखिएको हो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि पार्टीका कार्यकर्तालाई आन्दोलनको तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । उनकै शब्दमा भन्नुपर्दा ‘जसरी खेलमा सिठ्ठी बजाएपछि खेलाडी एकत्रित हुन्छन्, त्यसैगरी पार्टीले पनि जतिखेर पनि आन्दोलनका लागि सिठ्ठी फुक्न सक्ने भएकाले तयारी हुनुपर्ने बेला आएको छ ।’ गठबन्धनका असन्तुष्ट पक्षसँग निरन्तर संवादमा रहेको एमालेले पहिले गठबन्धन भत्काउने र त्यसो नभए आन्दोलनमार्फत मध्यावधि चुनावमा जाने माहोल बनाउने योजना बनाएको छ । राजनीतिक दलको सिद्धान्त, नीति जे जस्तो भए पनि अन्ततः देश र जनताको हितमा काम गर्नु नै हो ।

विश्वका अधिकांश राजनीतिक दलको स्थापनाको उद्देश्य पनि यही नै हो । नेपालमा पनि हालसम्म भएका निर्णायक आन्दोलनमा राजनीतिक दलले प्रजातन्त्र, बहुदलवाद, लोकतन्त्र र गणतन्त्रका लागि लडेका उदाहरण छन् । त्यही भएर जनताले पनि साथ दिएका थिए । तर, अहिले एमाले अध्यक्ष ओलीको आन्दोलन भने देश र जनताभन्दा पनि पार्टीको स्वार्थकेन्द्रित देखिएको छ । यसले एमालेको आन्दोलनलाई जनताले किन साथ दिने भन्ने प्रश्न पनि देखिएको छ । विगतमा राजनीतिक दल आफ्नो स्वार्थकेन्द्रित भएर आन्दोलन गर्दा साथ नदिएका उदाहरण पनि थुप्रै छन् । त्यो अवस्था एमालेको अहिलेको आन्दोलनमा नआउला भन्न सकिन्न । त्यसो भएमा एमालेलाई यो आन्दोलन झनै पछाडि धकेल्ने माध्यम बन्ने छ । यद्यपि, सरकारलाई प्रश्न गर्न नै नपर्ने अवस्था भने छैन ।

प्रमुख प्रतिपक्षी दल भएकाले पनि सरकारलाई सचेत गर्नु एमालेको जिम्मेवारी हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ । तर, उनी आफैंले उल्लेखनीय काम गर्न नसकेको सार्वजनिक रुपमा नै स्वीकार गरिसकेका छन् । सरकारमा रहेका मन्त्रीहरुको कार्यसम्पादन पनि सन्तोषजनक छैन । तर, गठबन्धनको अप्ठ्यारोका कारण प्रचण्ड आफ्ना मन्त्रीहरुलाई फेर्न सक्ने हैसियतमा पनि छैनन् । त्यही कारण प्रधानमन्त्री प्रचण्ड केवल निर्देशन दिएर मात्र काम चलाइरहेका छन्, एक्सनमा उत्रिन सकेका छैनन् ।

सरकारको लाचारीका कारण देश थुप्रै समस्या देखिएका छन् । अर्थतन्त्रमा समस्याका कारण जनजीवन कष्टपूर्ण बन्दै गएको छ । बढ्दो महँगी, बेरोजगारी, जताततै उपभोक्ता ठगीका कारण सर्वसाधारणको जीवनयापनमा सकस बढ्दै गएको हो । एकप्रकारले भन्नुपर्दा समस्या नदेखिएको कुनै ठाउँ छैन । राजनीतिक दलहरु केवल सत्ताकेन्द्रित हुँदा त्यसको असर विकास निर्माणमा देखिएको छ । बैंक, वित्त, स्वास्थ्य, शिक्षा सबै क्षेत्रमा चरम लूट देखिएको छ । विकास निर्माण ठप्पप्रायः छ भने सरकारले विकास खर्च गर्न नसकेको छैन । बेरोजगारीका कारण युवाको पलायन भयावह बन्दै गएको छ ।

देशमा सुन तस्करी, नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने जस्ता अपराध, भ्रष्टाचार, दण्डहीनता मौलाएका छन् । सरकारमा कम्युनिष्ट दल भए पनि सर्वहार वर्गका लागि कुनै काम गर्न सकेका छ्रैनन् । बरु, बिचौलिया, पुँजीवादी चरित्र र व्यवसायलाई सरकारले प्रोत्साहन दिँदै आएको छ । यही कारण श्रमिक, किसान जस्ता सर्वहारा वर्गको जीवनयापनमा कठिनाइ देखिएको छ । यस्ता थुप्रै समस्याका कारण अहिले सरकार, राजनीतिक दल र तिनका नेतामाथि जनताको विश्वास गुम्दै गएको छ । त्यसकारण प्रमुख प्रतिपक्षी दलको धम जनताका यिनै समस्याबारे सदनमा आवाज उठाउनु हो । यदि सदनमा सरकारले आवाज नसुने सडकबाट भए पनि यो आवाज सरकारलाई सुनाउनै पर्छ । यस्तो अवस्थामा जनताले पनि साथ दिन्छन् । तर, अहिले एमालेको आन्दोलन भने यसको ठीक विपरीत देखिएको छ ।

लामो समय सत्ताबाट बाहिरिनुपरेको पीडाका कारण छटपटिएको एमाले जुनसुकै शर्तमा पनि गठबन्धन भत्काएर नयाँ सरकार गठन गर्ने प्रयासमा छन् । नभए देशलाई मध्यावधि चुनावमा धकेल्ने उसको अभीष्ट देखिन्छ । यो त केवल सत्ताकेन्द्रित भएर गर्न लागिएको आन्दोलन हो भन्ने स्पष्ट देखिन्छ । एमाले जनताका समस्यामा केन्द्रित हुने कि आफ्नै समस्यामा रु सरकारमा असफलता र लाचारीमा झकझाउने कि आफ्नै उद्देश्य पूरा गर्न केन्द्रित हुने रु एमाले केही सीमित कार्यकर्ताको तालीमा रमाउने कि जनताको साथ खोज्ने रु यी प्रश्न अहिले एमाले आफैंले आफैंलाई गर्न आवश्यक छ । लामो इतिहास बोकेको कम्युनिष्ट पार्टी एमाले आज आफ्नै स्वार्थको डम्फू बजाउन आन्दोलनमा उत्रिन लागेको छ भन्ने अवस्था आउनु नेपाली कम्युनिष्ट आन्दोलनकै लागि लज्जाको विषय हो । यदि जनताको समस्यामा केन्द्रित भएर एमाले अघि बढ्ने हो भने यो सरकारको औचित्य र नयाँ सरकार निर्माणको सम्भावना जनता आफैंले निर्धारण गर्नेछन् । आगे नेताहरुलाई चेतना भया !

यो पनि पढ्नुहोस्

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

३ घण्टा अगाडि
रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

गोरखाको चुमनुब्री क्षेत्रमा भएकाे क्षतिप्रति दुखः व्यक्त

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

ब्रह्मायणी मन्दिर परिसरमा भक्तजनको भीड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक