आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

सेरेमोनियल राष्ट्रपतिलाई संविधानको चासो !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

नेपालमा देशको नेतृत्व गर्ने राष्ट्रपति पद सेरेमोनियल छ । नेपाली सेनाको नेतृत्वमा रहने जनाइए पनि राष्ट्रपतिलाई कुनै पनि कार्यकारी भूमिका भने दिइएको छैन । त्यसैले अन्य देशको प्रचलन हेर्ने हो भने यस्तो सेरेमोनियल पद भएको राष्ट्रपतिमा विशिष्ट व्यक्तिलाई चयन गर्ने चलन छ । तर, नेपालमा भने यो पद पनि राजनीतिक दलले आफ्नो चलखेलको क्रीडास्थल बनाएका छन् । विभिन्न विधेयक, कानुन तथा अध्यादेश प्रमाणीकरण र जारी गर्ने दृष्टिले राष्ट्रपतिको भूमिका महत्वपूर्ण हुने भन्दै यही पदका लागि ठूलो राजनीतिक दाउपेच हुने गरेको छ । राष्ट्रपति चयन भएको व्यक्ति पनि देश र जनताको भन्दा पनि जुन दलबाट निर्वाचित भएको हो, त्यही दलप्रति अनुग्रहित हुने र उसैको स्वार्थअनुसार चल्ने परिपाटी देखिन्छ ।

अहिले देशमा राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल छन् । लामो समयदेखि राजनीतिमा सक्रिय पौडेल कांग्रेसबाट राष्ट्रपतिमा निर्वाचित भएका हुन् । तर, राष्ट्रपतिमा निर्वाचित भएपछि पनि उनी कांग्रेसको धङधङीबाट मुक्त हुन सकेका छैनन् । त्यही कारण नागरिकता विधेयकमा सरकारको पक्षमा लाग्ने, सवारीमा लावालस्कर लगाउने र स्वास्थ्योपचारको नाममा सरकारको ढुकुटी रित्याउनेजस्ता क्रियाकलाप उनीबाट देखिएका छन् । दलविशेषअनुसार राष्ट्रपति ढल्किने विगतको आरोपबाट पौडेल पनि मुक्त हुन सकेका छैनन् । पछिल्लो समय राष्ट्रपति पौडेलले संविधान कार्यन्वयन गर्न राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराएका छन् । सबै दलका नेताहरूलाई शीतल निवासमा बोलाएर राष्ट्रपति पौडेलले संविधानले दिएका कानुन बनाएर कार्यान्वयनमा लैजान ढिला भएकोले जनतामा असन्तुष्टि र निराशा छाएको जनाउदै कानुन बनाएर संबिधान कार्यन्वयन गर्नुपर्ने जनाए । संविधानले पिछडिएका, उत्पीडित र उपेक्षित वर्गलाई जे अधिकार दिएको छ, त्यो कार्यान्वयन गर्न र त्यसका लागि कानुन पनि निर्माण गर्न उनले जोड दिए ।

राष्ट्रपति पौडेलले दलहरुलाई दिएको यो सुझाव दिएको ठीकै लागे पनि व्यवहारमा स्वयं उनैले उतार्न आवश्यक देखिन्छ । दलविशेषबाट उठेर उनले निर्वाह गर्ने भूमिकाले मात्र राष्ट्रपतिको गरिमा र महत्व बढ्नेछ । राष्ट्रपति संस्थाप्रतिको जनताको सम्मान जाग्नेछ । यसका लागि उनी देश, जनता र समग्र दलको साँच्चैको अभिभावक बन्नुपर्नेछ ।

विगतमा दलहरुले राष्ट्रपति पदलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्न चाहे । तत्कालीन प्रथम राष्ट्रपति रामवरण यादवले प्रधानसेनापति रुक्मांगद कटुवाल प्रकरणमा त्यतिबेलाका प्रधानमन्त्री प्रचण्डको निर्णयलाई उल्ट्याइँदिँदा उनले प्रधानमन्त्री पदबाट नै राजीनामा दिनुपरेको थियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि सरकारले ल्याएको नागरिकता विधेयकलाई पारित गर्न सहमति प्रदान गरिनन् । नागरिकता विधेयकमा धेरै विषयमा त्रुटि भएको र देश तथा जनताको हितमा नरहेको भन्दै उनले संसदलाई विधेयक फिताृ गरेकी थिइन् । संसदबाट जबर्जस्ती पास गरेर पठाएको विधेयकलाई उनले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् । जसको बुद्धिजीवी वर्गले प्रशंसा गरेका थिए । त्यसकारण प्रधानसेनापतिको परमाधिपति हुने राष्ट्रपति पद पछिल्लो समय कार्यपालिकालाई शक्ति सन्तुलनमा राख्ने लगाम बनेको छ । सरकार र प्रधानमन्त्रीले कुनै पनि अलोकप्रिय र देश तथा जनताको हितमा नहुनेगरी कुनै निर्णय गरेमा त्यसलाई पारित नगर्ने अधिकार राष्ट्रपति हुँदा त्यसका सकारात्मक प्रभाव परेका उदाहरण देखिएका छन् । त्यो भूमिकाको निर्वाह आगामी दिनमा पौडेलले गर्नुपनेछ ।

संविधानमा देशलाई समाजवाद उन्मुख भनिएको छ । समाजवाद त्यही हो, जहाँ समाजको पीँधमा रहेका गरिब, श्रमिक, अल्पसंख्यक, शोषित, पीडितलाई राज्यले पनि समाज महत्व दिनेछ, उनीहरुको आधारभूत आवश्यकता पूरा गर्न र उनीहरुको हितमा काम गर्नेछ । तर, कम्युनिष्ट नेतृत्वको सरकार भए पनि अहिले पनि पुँजीवाद र बिचौलिया तन्त्र हावी भएको छ । सर्वहारा वर्गको जीवनयापन अझै कठिनाइपूर्ण नै छ । अझै पनि किसान आफ्नो उत्पादन नबिकेर र बिके पनि लगानीअनुसारको प्रतिफल पाउन नसक्दा चिन्तित छन् । युवा रोजगारी नपाएर विदेश जान बाध्य छन् । राम्रो कमाइ हुने लोभमा रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध लडिरहेका छन् । त्यस क्रममा ज्यान पनि गुमाउनु परेको छ । यो अवस्था वर्तमान र विगतका सरकारको असफलताकै कारण निम्तिएको हो । यो अवस्थालाई लिएर राष्ट्रपतिले दलहरुलाई झक्झकाउन आवश्यक छ । यदि त्यसो हुन नसकेमा र दलहरुको एस म्यान हुने गरी राष्ट्रपतिको भूमिका रहिरहेमा भने त्यसको ठूलो असर दलीय प्रणालीसँगै देश र जनतामा पर्नेछ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

३ घण्टा अगाडि
रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

गोरखाको चुमनुब्री क्षेत्रमा भएकाे क्षतिप्रति दुखः व्यक्त

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

ब्रह्मायणी मन्दिर परिसरमा भक्तजनको भीड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक