शुक्र, जेष्ठ ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

चितवनमा साढे चार वर्षमा एक हजार ७०४ वटा सडक दुर्घटना

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
चितवनमा साढे चार वर्षमा एक हजार ७०४ वटा सडक दुर्घटना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नारायणगढ । गुणस्तर सुधार भए पनि नारायणगढ–मुग्लिङ सडक खण्डमा दुर्घटना नियन्त्रण हुन सकेको छैन । तीन ठुला राजमार्गसँग जोडिएको चितवनमा साढे चार वर्षको अवधिमा एक हजार ७०४ वटा सडक दुर्घटना भएका छन् । दुर्घटनाका कारण ५०४ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार यस अवधिमा दुर्घटनाकै कारण तीन हजार ७६ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिङ सडक र पूर्व–पश्चिम राजमार्गसँग जोडिएको चितवनमा हुलाकी सडक र भित्री सडकमा पनि उत्तिकै दुर्घटना हुँदै आएको छ । तीन वटा ठुुला राजमार्गसँग जोडिएकाले चितवनमा ट्राफिक चाप बढी छ ।

दुर्घटनाका कारणबारे खासै अध्ययन भएको पाइँदैन । मङ्गलबार झिसमिसेमा यस सडक खण्डको तीन नम्बर पुल नजिकको सडकबाट त्रिशूली नदीमा भारतीय गाडी खसेको छ । चालक बेपत्ता छन् । ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी निरीक्षक सुरेश सुवेदीले चालकले भेउ नपाउँदा दुर्घटना भएको हुन सक्ने अनुमान गर्नुभयो ।

“भौगोलिक ज्ञान नभएका कारण पनि यस सडक खण्डमा दुर्घटना हुने गरेको छ,” उहाँले भन्नुभयो ।

कतिपय दुर्घटना सडककै कारण पनि हुने गरेको देखिन्छ । गाडीलाई उछिन्दा (ओभरटेक गर्दा) पनि प्रशस्तै दुर्घटना भएका छन् । चालक निद्रामा रहनु वा सहचालकलाई चलाउन दिनु पनि दुर्घटनाका कारकका रूपमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले सडकसँगै दु्रत गति र चालकको लापरबाही दुर्घटनाका कारण हुन सक्ने जनाउनुभयो । हुस्सुका कारण पनि सडक सजिलै नदेखिँदा दुर्घटना हुने गरेको ट्राफिकहरू जनाउँछन् ।

थोत्रा गाडीका कारण पनि दुर्घटना हुने गरेको छ । पुरानो नारायणी यातायात प्रालिका सञ्चालक अशोक पोख्रेलले चालक र गाडीमाथि मात्रै दोष थुपारेर दुर्घटना न्यूनीकरण गर्न नसकिने तर्क गर्नुभयो । “जताततै निर्माण कार्य जारी छ । सडकको दुरवस्था छ । यस्तो अवस्थामा चालक र गाडीलाई दोष दिएर उम्किन मिल्दैन,” उहाँले थप्नुभयो, “ट्राफिक सङ्केत पनि छैनन् । कतिपय स्थानमा सडक जीर्ण छ ।”

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले सडक निर्माण तथा मर्मत सुधारका बेला दुर्घटना बढ्नुलाई स्वाभाविक भएको जनाउँदै भन्नुभयो, “सडक मर्मत सुधार भइरहँदा दुर्घटना हुन सक्छन् । त्यसतर्फ सचेतना अपनाउनु जरुरी छ । सडक सुरक्षाका लागि सरकारले लगानी गरेको पनि छैन ।” उहाँले चालकको स्वास्थ्य अवस्था, मादक पदार्थ सेवन, थकाइलगायतका कारण पनि सवारी दुर्घटना हुने गरेको जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

३ दिन अगाडि
यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सगरमाथामा पुग्ने सबैभन्दा कान्छी अष्ट्रलियन बनिन् बियान्का

स्थानीय सरकारको गरिमा बढ्याे

नेताहरूको जिम्मेवारी छलफलका लागि प्रस्ताव

लाइभ : प्रतिनिधिसभा बैठक सुरु

आयो रास्वपाको जनअपेक्षित ऊर्जानीति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक