आइत, कार्तिक २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

विश्वकपमा खेल जितेर खुशी दिन चाहन्छौं : कप्तान देव खनाल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
विश्वकपमा खेल जितेर खुशी दिन चाहन्छौं : कप्तान देव खनाल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आईसीसी यू-१९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेका नेपाल यू-१९ क्रिकेट टोलीका कप्तान देव खनालले नेपालको क्रिकेट क्रेज धेरे रहेको र विश्वकपमा खेल जितेर खुशी दिन चाहेको जनाएका छन् ।

१९ जनवरीदेखि सुरु हुने यू-१९ विश्वकपअघि देवसहित सहभागि टोलीका कप्तानले आईसीसीसँग कुरा गरेका थिए । जसमा नेपाल कप्तान देवले नेपालका क्रिकेटको क्रेज अत्याधिक रहेको जनाए । ‘नेपालमा क्रिकेटको क्रेजबारे सबैलाई थाहा नै छ । हाम्रो साथमा नेपालमा ठूलो समर्थक छन् र उनीहरूकै कारण हामी उत्प्रेरित छौं’ देवले भने, ‘त्यो क्रेजको कुनै तुलना हुन सक्दैन । हामी खेलाडीको रूपमा खेल जितेर उनीहरूलाई खुसी दिन चाहन्छौं ।’

नेपालको सिनियर टिमबाट समेत खेलिसकेका कप्तान देवले लामो समयपछि यू-१९ विश्वकप खेल्न उत्साहित रहेको र आफ्नो टिमका खेलाडीहरुको सपना पूरा हुन लागेको बताएका छन् । नेपालले ८ वर्षपछि यू-१९ विश्वकपमा पुनरागमन गर्दैछ ।

सन् २००० मा यू-१९ विश्वकपमा डेब्यु गरेको नेपालले पछिल्लो पटक २०१६ मा बंगलादेशमा भएको यू-१९ विश्वकप खेलेको थियो । जहाँ समूह चरण पार गर्दै नेपाल क्वाटरफाइनलसम्म पुगेको थियो र आठौं भएको थियो । त्यो नै नेपालको अहिलेसम्मको सबैभन्दा राम्रो नतिजा हो । यस पटक नेपाल रहेको समूह डी मा तीन टेष्ट राष्ट्र पाकिस्तान, अफगानिस्तान र न्युजिल्याण्डको युवा टोली छ ।

नेपालले २१ जनवरीमा न्युजिल्यान्डविरुद्ध पहिलो खेल खेल्दैछ । यस्तै २४ जनवरीमा पाकिस्तान र २७ जनवरीमा अफगानिस्तानविरुद्ध खेल्नेछ । यस्तै समूह ए मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका समूह बी मा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र स्कटल्याण्ड तथा समूह डी मा अष्ट्रेलिया, श्रीलंका, जिम्बाव्वे र नामिबिया छन् ।

चारै समूहको खेलपछि हरेक समूहमा शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । जहाँ दुई समूह हुनेछन् । समूह ए र समूह डी को ३-३ टिम सुपर सिक्समा एक समूहमा हुनेछ भने समूह बी र समूह सी को ३-३ टोली सुपर सिक्समा अर्को समूहमा हुनेछ । सुपर सिक्सको दुई समूहको शीर्ष २-२ टोली सेमिफाइनल पुग्नेछन् ।

यो पनि पढ्नुहोस्

नेपाली क्रिकेटको स्वर्णिम युग सुरु

नेपाली क्रिकेटको स्वर्णिम युग सुरु

१ दिन अगाडि
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो आयोजना हुने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो आयोजना हुने

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

कलंकीमा बृहत् स्वास्थ्य शिविर र रक्तदान : ६ सयभन्दा बढीले गराए स्वास्थ्य परीक्षण

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

एस पार्टीको संयाेजकमा घनश्याम भूसाल

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक