सोम, अशोज १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

नेपाली नागरिक रुस र अमेरिकाको निसानामा

रुसले नेपाली युवालाई नागरिकता दिने घोषणा गरेपछि अमेरिका पनि नेपाली युवाप्रति आकर्षित !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नेपाली नागरिक रुस र अमेरिकाको निसानामा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / विश्वभर जहाँ र जुन पक्षबीच युद्ध भए पनि त्यहाँ कुनै न कुनै नेपालीको मृत्यु हुने दुर्भाग्य नेपालले भोग्दै आएको छ । इतिहासदेखि चल्दै आएको त्यो दुर्भाग्यको सिलसिला आगामी दिनमा झनै देखिने भएको छ । विश्वशक्तिका दुई ध्रुव रुस र अमेरिकाको कलह र यसबीचमा रुसी सेनामा नेपालीको आकर्षणले गर्दा आगामी दिनमा यी दुई देशको टकरावमा नेपाली पर्ने भएका हुन् ।

दुई वर्षयता रुस र युक्रेनबीच युद्ध जारी छ । युक्रेनको पछाडिबाट अमेरिका र पश्चिमा राष्ट्रले रुससँग युद्ध लडिरहेका छन् । आफ्नो सीमानजिक अमेरिकी सेना आउने भएपछि रुसले युक्रेनसँग युद्धको घोषणा गरेको थियो । तर, युद्ध लम्बिँदा रुसी सेनामा विदेशी नागरिक पनि भर्ती हुने क्रम बढिरहेको छ । आकर्षक तलबका कारण लोभिएका नेपाली नेपालमा बेरोजगारीका कारण पनि विदेशिन बाध्य छन् । त्यही कारण रुसी सेनामा भर्ती भएका उनीहरुमध्ये एक दर्जनको त युद्धका क्रममा मृत्यु भइसकेको छ । कैयौं घाइते पनि भएका छन् । निश्चित सन्धिसम्झौताको बाहेक नेपालले अन्य देशका सेनामा नेपालीलाई भर्ती हुन अनुमति दिएको छैन । त्यसअनुसार रुसी सेनाले नेपालीलाई भर्ना गर्नु गैरकानुनी हो । नेपालले यही प्रावधान सम्झाउँदै भर्ना भएका नेपालीको विवरण, उनीहरुको अवस्था जानकारी गराउन र उनीहरुलाई फिर्ता गर्न रुसलाई पटकपटक आग्रह गरिरहेको छ ।

नेपालले काठमाडौंस्थित रुसी राजदूत र जर्मनीस्थित दूतावासबाट पनि पहल गरिरहेका छ । तर, नेपालको आग्रहलाई रुसले बेवास्ता गदै आएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पछिल्लो घोषणाले त रुसी सेनामा भर्ती हुने नेपालीको संख्या झनै बढ्ने र यसले भविष्यमा हताहतीको संख्या पनि उत्तिकै रहने सम्भावना पनि बढाएको छ । यही पुस १९ मा पुटिनले नयाँ आदेश जारी गरी रुसका निम्ति लड्ने विदेशी नागरिक र उसको परिवारलाई त्यहाँको नागरिकता तथा पासपोर्ट प्रदान गर्ने घोषणा गरेका थिए । पुटिनले युक्रेनमा ‘विशेष सैन्य अपरेसन’ जारी रहेको समयमा रुसी सेनामा भर्ती हुने विदेशी नागरिक, उसको श्रीमती, छोराछोरी र बाबुआमालाई त्यहाँको नागरिकता प्रदान गर्न अनुमति दिएका हुन् ।

रुसी सेनामा भर्ती हुनेले कम्तीमा एक वर्षका निम्ति सेनामा रहने सम्झौता गरेको खण्डमा ऊ र उसको परिवारका सदस्यलाई सुरुमै त्यहाँको नागरिकता प्रदान गरिने र रुस आउन दिने नयाँ घोषणामा उल्लेख गरिएको अन्तर्राष्ट्रिय न्युज एजेन्सीले जनाएका छन् । रुसी सेनामा भर्ती हुने विदेशी नागरिक र उसको परिवारका सदस्यले आवेदन दिएपछि त्यहाँको नागरिकता र पासपोर्ट दिने प्रक्रिया सुरु गरिने आदेशमा उल्लेख छ । यो प्रक्रियाको टुंगो एक महिनामा लाग्ने जनाइएको छ ।

पुटिनले यस्तो बेला नयाँ आदेश जारी गरेका छन्, जति बेला नेपालले त्यहाँको सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न रुसलाई भनिरहेको छ । नेपालले रुसी सेनामा भर्ती भई मारिएका नेपालीको शव पठाउन, उनीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र भर्ती हुनेको पूर्ण विवरण मागिरहेको छ । रुसी सेनामा भर्ती हुन जानेलाई रोक्न नेपाल सरकारले अनेक प्रयास गरिरहेको छ । तर, त्यो सफल हुन सकेको छैन ।

वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष म्यानपावर कम्पनीमार्फत एक जना पनि नेपाली रोजगारीका लागि रुस गएका थिएनन् । चालु आर्थिक वर्ष सुरु भएको ४ महिनामा २ सय ९८ जना नेपाली रोजगारीका लागि रुस गएको विभागको तथ्यांक छ । साउनमा म्यानपावर कम्पनीमार्फत ३१, व्यक्तिगत १८ र पुनः श्रम स्वीकृतिमार्फत ४ जना गरी ५३ जना, भदौमा म्यानपावर कम्पनीमार्फत ६१ र व्यक्तिगत ९८ गरी १ सय ५९ जना, असोजमा म्यानपावर कम्पनीमार्फत १० र व्यक्तिगत ३१ गरी ४१ जना, कात्तिकमा म्यानपावर कम्पनीमार्फत २७ र व्यक्तिगत १५ जना गरी ४१ जना नेपाली युवा रुस गएका छन्। गत आर्थिक वर्षमा व्यक्तिगत रूपमा ३ सय ८६ जना नेपाली वैदेशिक रोजगारीमा रुस गएको विभागले जनाएको छ ।

म्यानपावर कम्पनी र एजेन्टहरूले वैदेशिक रोजगार विभाग र श्रम कार्यालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर व्यक्तिगत श्रम स्वीकृति लिएर नेपाली युवालाई रुस पठाइरहेको पाइएको छ । म्यानपावर कम्पनी सञ्चालन अनुभव भएका केही व्यक्ति र एजेन्टको गिरोहले नेपाली युवालाई युद्धग्रस्त देश रुस पठाइरहे पनि सरकारी निकाय मौन बसेको वैदेशिक रोजगारविज्ञको आरोप छ । सरकारी कर्मचारीले पैसाको प्रलोभन परी रुसमा नेपाली युवा पठाउन गिरोहलाई सहयोग गरिरहेको उनीहरूको आरोप छ ।

वैदेशिक रोजगारीका लागि सामान्य फाराम भर्नसमेत अलमलिने शैक्षिक हैसियतमा रहेका युवाले व्यक्तिगत रूपमा रुसको भिसा प्राप्त गर्नु असम्भव छ । त्यसैले पनि रुस जान व्यक्तिगत भिसा प्रयोग भएको तथ्यांक हेर्दा सेटिङमै श्रम स्वीकृति जारी भइरहेको दाबी गर्न सकिन्छ । रुसमा युद्धमा परी नेपालीको मृत्यु भएपछि मिलेमतोमा श्रम स्वीकृति दिने सरकारी कर्मचारीबारे छानबिन गर्नुपर्ने दबाब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई परेको छ । पछिल्लो समय भारत, यूएई र कतार हुँदै पनि नेपाली युवा रुसी सेनामा भर्ती हुन जाने गरेका छन् ।

नेपालको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै विभिन्न समयमा नेपाली युवालाई विदेशी सेनामा भर्ती गर्ने सन्धिसम्झौता भएका थिए । त्यही कारण आज पनि भारत, बेलायत, सिंगापुर, ब्रुनाइ जस्ता देशका सेनामा नेपाली आबद्ध हुँदै आएका छन् । यसबाहेक पछिल्लो समय अमेरिका र अन्य देशका पनि सेना र प्रहरीमा नेपाली युवा सहभागी भइरहेका छन् । अहिले रुसी सेनामा पनि ठूलो संख्यामा नेपाली युवा भर्ती भएका हुन् । यसले विगतमा यी देशहरुको युद्धको अवस्थामा मारिनेमा नेपाली पनि हुने निश्चित नै छ । आज नागरिकता र बसोबासको प्रलोभन दिएर रुसले भर्ना गरेजस्तै भोलि अमेरिका लगायत अन्य देशले पनि नेपालीलाई आधिकारिक रुपमा नै यस्तै प्रलोभनमा लिने सम्भावना छ । यदि त्यस्तो अवस्था आएमा स्थिति झन् भयापूर्ण हुनेछ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

वडा सदस्यदेखि राष्ट्रिय सभा हुँदै केन्द्रीय नेतृत्वतर्फ गीता देवकोटाको राजनीतिक यात्रा

वडा सदस्यदेखि राष्ट्रिय सभा हुँदै केन्द्रीय नेतृत्वतर्फ गीता देवकोटाको राजनीतिक यात्रा

४ घण्टा अगाडि
‘बाः एक योद्धा’को कमाइ करिब दुई करोड

‘बाः एक योद्धा’को कमाइ करिब दुई करोड

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वडा सदस्यदेखि राष्ट्रिय सभा हुँदै केन्द्रीय नेतृत्वतर्फ गीता देवकोटाको राजनीतिक यात्रा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कांग्रेसको विधान संशोधनमा तीन महामन्त्री रहने

कतारलाई झन्डा हस्तान्तरण गर्दै बिदाइ एशियाली खेलकुद

न्याय परिषद् बैठक भाेलि

प्रधानसेनापति बेलायत प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक