बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

काम नलाग्ने संरचनाका लागि नेताहरु किन मरिहत्ते गरेका छन् !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

राजनीतिक दलहरु अहिले राष्ट्रिय सभाको चुनावको तयारीको दौडधूपमा छन् । माघ १९ हुने निर्वाचनका लागि सत्ता गठबन्धन अहिले भागबण्डाको जोडघटाउमा छन् । १९ सिटका लागि हुने निर्वाचनमा कांग्रेसल १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले १ सिट लिने करिब करिब सहमति भएको छ । तर, २०४८ सालदेखि नै हाम्रो संसद्को एक अभिन्न अंगका रूपमा रहेको राष्ट्रिय सभाले अहिलेसम्म देश र जनताको हितमा तथा राजनीतिमा गुणस्तर विकास गराउन कुनै योगदान गर्न नसकेको जगजाहेर छ । प्रतिनिधिसभाको चुनावमा जनताले नपत्याएका केही नेतालाई भरणपोषण दिएर राख्ने आश्रम जस्तो भएको छ । अहिले हुन लागेको निर्वाचनले पनि कुनै सकारात्मक दृश्य नदेखाउने स्पष्ट भइसकेको छ ।

राष्ट्रियसभाको हालको स्थिति देख्दा संविधान संशोधन गरेर यथाशीघ्र खारेज गर्नु हितकर हुनेछ । तर, नेपालका कुनै पनि दललाई राष्ट्रको हित गर्नु नै छैन, आफ्नो र गुटको हितबाहेक । राष्ट्रकै हित गर्ने उद्देश्य हुँदो हो त संविधान संशोधन गरेर सच्याउनुपर्ने कुरा धेरै छन् । प्रतिनिधिसभाको समानुपातिक व्यवस्था दुरुपयोग भइरहेको छ । विभिन्न आयोगहरूलाई कार्यकर्ताको भरणपोषणको माध्यम बनाइएको छ । यस्तो विकृति अविलम्ब हटाउनु जरुरी छ । संसदीय लोकतन्त्रमा माथिल्लो सदनलाई ‘प्रबुद्धहरूको सभा मानिन्छ । नेपालमा भने यसलाई राजनीतिक नेताहरूले चुनाव हारेकाहरू वा थामथुम पार्नुपर्नेको थान्को लगाउने थलो बनाइएको छ । त्यही कारण पनि अहिले यसको औचित्यमाथि नै प्रश्न उठिरहेको छ ।

नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रिय सभामा ‘प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा’ निर्वाचित ५६ जना र राष्ट्रपति मनोनीत ३ जना गरी राष्ट्रिय सभामा ५९ सदस्य हुन्छन् । यिनमा महिला, अपांगता भएका व्यक्ति वा अलपसंख्यक समेतको प्रतिनिधित्व हुन्छ । प्रबुद्ध व्यक्ति सहभागी हुने भएकाले यसले सरकारलाई सही मार्ग देखाउने अपेक्षा गरिन्छ । तर, यो सभा अहिले राजनीतिक दलको कब्जा हुँदा पुराना नेता थन्काउने स्थान बनेको छ । कांग्रेस, माओवादी सबैले अहिले पुराना र हारेका नेतालाई राष्ट्रिय सभामा पठाउने निर्णय गरिसकेको छ । यसले जनताको मतको अर्थ राजनीतिक दलका लागि केही नरहेको र उनीहरु आफू जनताभन्दा माथि रहेको सिद्ध गर्न खोजिरहेका छन् । राष्ट्रिय सभाका लागि ठूलो रकम खर्च भइरहँदा विपत्तिमा परेका, भूकम्पले घर भत्किएका जनता भने चिसोमा सामान्य पालको भरमा रात कटाउन बाध्य छन् । गरिबी निवारणमा खर्च गर्न नसकिने उक्त रकम अहिले नेताहरुको सुविधाका लागि खर्च भइरहेको छ । त्यसैले राष्ट्रिय सभाको औचित्य र उपलब्धि सिद्ध नहुने हो भने यस्तो संस्थाको खारेजी नै श्रेयस्कर हुनेछ । जनधारणा साप्ताहिक

 

 

यो पनि पढ्नुहोस्

सभामुख अर्यालसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजकले गरिन् शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजकले गरिन् शिष्टाचार भेटवार्ता

८ मिनेट अगाडि
सबै खालका सार्वजनिक नियुक्तिलाई एकमुष्ट खारेज गर्ने

सबै खालका सार्वजनिक नियुक्तिलाई एकमुष्ट खारेज गर्ने

१६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

अव्यवस्थित बसोबासीहरूको विवरण उपलब्ध गराउन पत्राचार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक