शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

श्रीलंकामा धार्मिक नेतासहित सात जनाको निधन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
श्रीलंकामा धार्मिक नेतासहित सात जनाको निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । श्रीलंकामा धार्मिक नेतासहित सात जनाको निधन भएको समाचार छ । निधन हुनेमा तीन बालबालिका रहेका छन् ।

छिट्टै पुनर्जन्म हुने दाबीबाट प्रेरित भएर यी व्यक्तिले आत्महत्या गरेको दाबी गरिएको छ । निधन भएका तीन बालबालिकाकी आमाले खानामा विष मिसाएको आरोप छ ।

यस विषयमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रारम्भिक अनुसन्धानका अनुसार ४७ वर्षीय बौद्ध धर्मगुरु रुवान प्रसन्न गुणरत्नेले आफ्नो प्रवचनमा आत्महत्या गरेपछि मानिसले छिट्टै पुनर्जन्म लिन सक्ने बताएका थिए । गुणरत्नेमाथि श्रीलंकाका विभिन्न भागमा बुद्ध धर्मको गलत व्याख्या र प्रचार गरेको आरोप लागेको छ ।

गुणरत्ने सुरुमा केमिकल ल्याबमा काम गरे पनि पछि यो काम छोडेर जनतालाई प्रचार गर्न थालेको बताइएको छ । धर्मगुरु गुणरत्नेले डिसेम्बर २८ गते आफ्नै घरमा विष खाएर आत्महत्या गरेका थिए ।

धर्मगुरुकी श्रीमतीले आफ्ना तीन छोराछोरीको खानामा विष हालेको र पछि उनले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । श्रीमान्को मृत्युको पीडा सहन नसकेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भमा आशंका भएपनि पछि घटनाका बारेमा धेरै कुरा बाहिर आएपछि प्रहरीले धेरै कोणबाट पूरै घटनाको अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले परिवारको अन्त्येष्टिमा गएका ३४ वर्षीय पिर्थी कुमारलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । केही वर्षअघि पनि यही धर्मगुरुको धार्मिक कार्यक्रममा सहभागी भएको पिर्थीले बताए । त्यसयता उनी धार्मिक गुरु र आफ्नो परिवारको अनुष्ठानमा सहभागी हुँदै आएका छन् ।

धर्मगुरुको प्रवचनमा आत्महत्या जस्ता विषय समावेश भएको पिर्थीले बताए । उनीहरुबाट प्रहरीले धर्मगुरुले छिट्टै पुनर्जन्म लिने मनसायले आत्महत्या गरेको थाहा पाएको थियो । सोधपुछको केही समयपछि जनवरी २ मा पिर्थी कुमारको शव होटलबाट बरामद भएको थियो । उनले पनि लागुऔषध सेवन गरेर आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

आत्महत्या गर्न प्रयोग हुने औषधि प्रहरीले होटलबाट बरामद गरेको छ । त्यस्तै, धर्मगुरु र उनको परिवारको अन्त्येष्टिमा गएकी अर्की एक महिलाले पनि विष सेवन गरी आत्महत्या गरेको आरोप लागेको छ ।

आत्महत्या गरेकी महिला धर्मगुरुको प्रवचन कार्यक्रममा समेत सहभागी भएको प्रहरीले जनाएको छ ।

आत्महत्या गर्नेले पनि एउटै किसिमको विष प्रयोग गरेका थिए कि भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले अब धार्मिक नेता र उनको परिवारको अन्त्येष्टिमा सहभागी अन्य व्यक्तिहरूलाई पनि सोधपुछ गरिरहेको छ।

प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक निहाल तलुडाले सञ्चारकर्मीसँग कुरा गर्दै सबैले साइनाइडजस्ता विष खाएर आत्महत्या गरेको बताए ।

उनले भने, ‘चारवटै घटनामा मृत्यु हुने तरिका लगभग उस्तै देखिन्छ । हामीले एउटा झोला फेला पारेका छौँ जसमा विष भएको आशंका गरिएको छ । हामीले सानो बाल्टिनमा विष पनि फेला पार्यौं। हामीलाई लाग्छ कि यो साइनाइड हो। प्रयोगशालाको रिपोर्ट आएपछि थप जानकारी दिन सक्नेछौँ ।”

धर्मगुरुले विष खाएर आत्महत्या गर्ने र मृत्युपछि पहिलेभन्दा राम्रो जन्म पाउने सल्लाह दिएको अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई विश्वास गर्नेहरु धेरै रहेको प्रहरीले जनाएको छ । धर्मगुरुले आफूलाई पछ्याउने मानिसहरूलाई आफ्ना आफन्तहरूलाई पनि यो उपदेश सुनाउन आग्रह गरेका थिए।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

२ दिन अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक