बिहि, बैशाख १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रिय सभामा ४ सिट पाउनुपर्ने कोइरालाको अडान

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
काठमाडौं महानगरपालिकाले सिंहदरबार लगायत क्षेत्रको फोहोर नउठाउनु अराजकता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय सभा सदस्य उम्मेदवारमा नेपाली कांग्रेसको शेखर कोइराला समूहले ४ सिट पाउनुपर्ने अडान राखेको छ। आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ दलहरुबीच सिट बाँडफाँटको रस्साकस्सी चलिरहँदा कांग्रेस संस्थापन इतर समूहले पार्टी नेतृत्वसँग ४ सिट दाबी गरेको हो।

यस विषयमा नेता कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर प्रस्ताव राखिसकेका छन्। राष्ट्रिय सभामा कांग्रेसले ८ देखि ९ सिट पाउने सम्भावना रहँदै गर्दा कोइराला समूहले ४ सिटमा दाबी गरेको कोइरालानिकट एक नेताले देश सञ्चारसँग बताए।

उनले भने,‘राष्ट्रिय सभामा हाम्रो समूहले चार सिट पाउनुपर्ने भनेर पटक–पटक नेतृत्वसँग आग्रह गरेका छौँ, नेता कोइरालाले पनि देउवासँग भेटेर आफ्नो कुरा राख्नुभएको छ।’

ती नेताका अनुसार आइतबार देउवा र कोइरालाको छलफल तय भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि राष्ट्रिय सभामा सत्ता गठबन्धनसँगै चुनावी सहकार्य गर्ने भने पनि भागबन्डा र एजेन्डामा सहमति नजुट्दा एक्लै चुनावमा जाने तयारीमा छ।

एमालेले सत्ता गठबन्धनसँग ६ सिट मागेको थियो। मागेजति सिट दिन गठबन्धन तयार नभएपछि एमाले सचिवालय बैठकले १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको हो। यसअघि कांग्रेस र माओवादीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गराउन एमालेको सहयोग खोजेका थिए।

एमालेको उक्त रणनीतिपछि सत्तारुढ दलहरुले पहिलेकै सहमतिअनुसार छलफल चलाइरहँदा कांगेस संस्थापनइतर समूहले राष्ट्रिय सभा सदस्यका उम्मेदवारमा सभापतिको मात्रै एकलौटी निर्णय हुन नहुनेमा अडान लिएका हुन्।

पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका कोइराला पार्टीमा हैसियतको लडाइँमा छन्। कोइराला गत आम निर्वाचनपछि संसदीय दलको नेता परिर्वतन गर्न लागिपरेका थिए भने पार्टीमा उपयुक्त स्थान नदिएको भन्दै देउवा सँग पटक– पटक असमति राख्दै आएका छन्।

प्रदेश सरकारदेखि केन्द्र सरकारमा पार्टीको सहभागीता रहँदै गर्दा आफ्नो समूहको पनि उपयुक्त स्थान दिनुका साथै राय लिनुपर्ने भन्दै देउवालाई चेतावनी दिँदै आएका छन्।

पार्टीका बैठक बस्दासमेत आफ्नो समूहको छुट्टै धारणा तय गरेर मात्रै बैठकमा सहभागी हुने गरेका कोइरालाले राष्ट्रिय सभा निर्वाचनमा पनि आफ्नो समूहका नेतालाई उचित स्थान दिनुपर्ने अडानमा छन्।

राष्ट्रपतिबाट मनोनीत एक जना र राष्ट्रियसभा अध्यक्षसहित २० सांसदको पदावधि आगामी फागुन ११ गते सकिँदै छ। त्यसको एक महिनाअघि रिक्त पदपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचनको मिति तोकिएको छ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्रीसँग अमेरिकी सहायकमन्त्रीले गरे शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग अमेरिकी सहायकमन्त्रीले गरे शिष्टाचार भेट

२ दिन अगाडि
भूपदेव शाह रास्वपाका महामन्त्री

भूपदेव शाह रास्वपाका महामन्त्री

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक