शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बन्द भएका सटरहरु अब खुल्छन्ः ऊर्जामन्त्री बस्नेत  

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
बन्द भएका सटरहरु अब खुल्छन्ः ऊर्जामन्त्री बस्नेत  
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक अवस्थामा लयमा फर्किन लागेको जनाउँदै बन्द सटरहरु खुल्ने भएका छन् । कोभिड महाभारीले विश्व अर्थतन्त्रमा पारेको प्रभावबाट नेपाल पनि अछुत हुन नसकेको जनाए ।

“कोभिड महामारीले विश्व अर्थतन्त्रमा परेका दाबाबबाट नेपाल पनि अछुत रहेन । बिस्तारै अर्थतन्त्र लयमा फर्किँदैछ । बन्द भएका सटरहरु अब बिस्तारै खुल्दैछन्” मन्त्री बस्नेतले भने । उनले सरकारले निर्माण व्यवसायीको बाँकी भुक्तानी पठाईसकेको जानकारी समेत दिए ।

शनिबार  नेपाल उद्योग व्यापार महासंघको दोस्रो वार्षिक साधारणसभामा बोल्दै नेपाल श्रीलंका बन्छ भन्ने हल्लाबीच वर्तमान सरकार बनेको जनाउँदै अब त्यस्तो नरहेको समेत जनाए । “नेपाली श्रीलंका बन्छ भन्ने हल्ला अब छैन, बिस्तारै देश बर्बादीतिर होइन समृद्धितिर अघि बढेको छ । चुनौती र दबाब भने अवश्य छन्” मन्त्री बस्नेतले भने ।

मन्त्री बस्नेतले १२ बर्षमा २९ हजार मेगावट विद्युत उत्पादन गरेर देशलाई समृद्धिको यात्रामा अघि बढाउन सरकार लागि परेको बताए । प्रधानमन्त्रीले प्रचण्डले आफैबाट सुशासनको अभियान सुरु गरेको जनाउँदै मन्त्री बस्नेतले तथ्यहरुले देश प्रगतिको दिशातिर गएको देखाएको दाबी गरे ।

कार्यक्रममा पूर्वमुख्य सचिव लिलामणि पौडेलले देशलाई समृद्धिको यात्रामा लैजान सबै एकजट भएर लाग्नुपर्नेमा जोड दिए । व्यवसायी कृष्ण आचार्यले अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बताउँदै चुनौती अझै बाँकी रहेको बताउँदै सरकारले अझै मेहनत गर्नुपर्नेमा जोड दिए । उनले विकास निर्माणको लागि विद्युत उत्पादन अनिवार्य भएको बताउँदै सरकारी ऐन निकै झनझटिलो भएको जनाए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारका पछिल्ला कदमले अर्थतन्त्र लयमा फर्किने वातावरण बन्दै गएको बताए । उनले प्रधानमन्त्री प्रचण्डले एकवर्षको पुगेका अबसरमा गरेको घोषणाले निजी क्षेत्र उत्साहित बनेको बताउँदै अर्थतन्त्र चलायमान बनाउन विकास खर्च बढाउनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष नन्दबहादुर केसी, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवाल, एभरेष्ट इन्ड्रिटिज कमर्श भारतका अध्यक्ष युवराज बराल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर बस्नेतलगायतले अर्थतन्त्र सुधारको बाटोमा जान लागेको धारणा राखेका थिए । उनीहरुले सरकारले लगानीमैत्री वातवरण बनाउनुपर्नेमा जोड दिए ।

महासंघका अध्यक्ष लिमलाल भण्डारीले समाजवादी अर्थतन्त्र निर्माणको लागि आफूहरु लागेको बताउँदै सरकारका पछिल्ला कदमहरुले व्यवसायीहरुमा आशा पलाउन थालेको बताए । कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठले संगठनको अगाडि सारेका आर्थिक सुधारको एजेण्डबारे चर्चा गरेका थिए भने महासंघ खिमनारायण पराजुलीले संचालन गरेका थिए ।

महासंघको बन्द सत्रले आफ्नो आगामी योजना तय गर्ने बताइएको छ । साधारणसभा आइतबार सम्पन्न हुनेछ ।

यो पनि पढ्नुहोस्

आईजीपी कार्की  प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा

आईजीपी कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा

९ घण्टा अगाडि
हिमाली पारिस्थितिकीय प्रणाली संरक्षणका लागि अन्तरराष्ट्रिय एकता आवश्यक

हिमाली पारिस्थितिकीय प्रणाली संरक्षणका लागि अन्तरराष्ट्रिय एकता आवश्यक

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक