शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सैनिक भर्ना प्रक्रियामा न्यायिक परिक्षण अनावश्यक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
अदालतमा दर्ता भएका रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सर्वोच्च अदालतले सैनिक भर्ना प्रक्रियामा अनियमितता गरेर कारबाहीमा परेकाहरुवारे फेरि न्यायिक परिक्षण आवश्यक नहुने भनी बिहिबार फैसला  गरेको छ ।

विशेष अवस्था नदेखिएसम्म विशिष्टीकृत अदालतबाट भएका फैसला मनासिव देखिने भन्दै सर्वोच्च अदालतले तिनीहरुले दायर गरेको रिट निवेदन खारेज गरेको हो । २१ असार वि.सं. २०७९ मा भएको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको हो ।

‘कानून बमोजिम गठित विशिष्ठीकृत तह–तहका अदालतबाट भएका कामकारबाही र निर्णय उपर केही सीमित अवस्थामा यस अदालतबाट असाधारण क्षेत्राधिकारबाट न्यायिक उपचार प्रदान गर्न सकिन्छ’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘विशेष अवस्था प्रमाणित हुन नआएसम्म तह–तह अदालतबाट सुनुवाई गरी अन्तिम भई बसेको फैसलाको अन्तवस्तुमा प्रवेश गरी यस अदालतको असाधारण क्षेत्राधिकार प्रयोग गर तथ्यको निरुपण र न्यायिक परीक्षण गर्नु मनासिव हुँदैन ।’

वि.सं. २०७४ सालमा विभिन्न पदमा सैनिक पदपूर्तिको क्रममा नियम र मापदण्ड विपरीत अनियमित ढंगले छनौट गरेको भनी १७३ जनामाथि कारबाही भएको थियो ।

उनीहरुमाथिको कोर्ट अफ इक्वायरी बोर्डले सैनिक अनुशासन उल्लंघन गरेको र ओहोदा अनुसारको आचरण नगरेको आरोप लगाएको थियो ।

सैनिक भर्ना प्रक्रियामा नियम र मापदण्ड विपरित भर्ना गरेर अनियमितता गरेको आरोपमा १८७ सैनिकमाथि छानविन भएको थियो । त्यसपछि नेपाली सेनाले २०७५ सालमा १७३ जनामाथि कारबाही ग¥यो । कारबाहीमा परेकाहरुमाथि उम्मेद्वार, गैर सैनिक व्यक्तिहरुसँग भेटघाट र सम्पर्क गरेको अनि आर्थिक लेनदेन गरेको आरोप थियो ।

समरी सैनिक अदालतले गरेको कारबाहीलाई पछि सैनिक विशेष अदालतले समेत अनुमोदन गरेको थियो । फैसलाविरुद्ध नवराज गुरुङ, भक्तबहादुर ल्याय मगर, कृष्णप्रसाद सापकोटा, प्रकाशचन्द्र खत्री, अम्बरबहादुर भट्टराई लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

सैनिक अदालतले १० मंसिर वि.सं. २०७५ मा आफूहरुलाई दोषी ठहर गरी विगो असुल्न र राजस्व दाखिला गर्न निर्देशन दिएको भन्दै उनीहरुले त्यसक्रममा न्यायका मान्य सिद्धान्त र मान्यता विरुद्ध सैनिक विशेष अदालतबाट फैसला भएको आरोप लगाएका थिए ।

उनीहरुले आफूहरुमाथि डर, धाक धम्की दिई त्रासका आधारमा जबर्जस्ती बयान गराइएको, गैरसैनिक व्यक्तिलाई साक्षी बनाइएको अनि कानून विपरित सजाय गरिएको र मागदावी बाहिर गई सैनिक विशेष अदालतबाट फैसला भएको दावी गरेका थिए । समरी जनरल सैनिक अदालतको निर्णय अनुमोदन गर्ने सैनिक विशेष अदालतको १५ फागुन,  वि.सं. २०७६ को फैसला बदर हुनुपर्ने उनीहरुको माग थियो ।

सर्वोच्च अदालतले अन्तिम निर्णय दिने विशिष्ठीकृत अदालतको फैसलामाथि अपवादको रुपमा मात्रै न्यायिक परिक्षण हुने भनी व्याख्या गरेको हो । उसले तह–तह हुँदै विशिष्टिकृत अदालतबाट अन्तिम भएका सबै मुद्दा असाधारण अधिकारक्षेत्र अन्तर्गत हेर्न नसकिने टिप्पणी गर्‍यो ।

‘अधिकारक्षेत्र, हकदैया, हदम्याद वा गम्भिर अन्यायको अवस्थामा सैनिक विशेष अदालत लगायतका विशिष्टीकृत अदालतबाट भएका फैसला उपर पनि यस अदालतबाट सुनुवाई गरी न्यायिक उपचार प्रदान गर्नुपर्ने अवस्था रहन्छ’, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘निवेदकहरुले सर्वोच्च अदालत आउनुपर्नेसम्मको आधार र पर्याप्त कारण खुलाउन सकेको देखिदैन । यस्तो अवस्थामा निवेदन माग बमोजिम पुनः न्यायिक परीक्षण गरी उपचार प्रदान गर्नु मनासिव देखिएन ।’

यो पनि पढ्नुहोस्

मन्त्रालय र बिभागलाई जेष्ठ २८ मा अदालत उपस्थीत हुन आदेश

१ दिन अगाडि

अदालत आंशिक रूपमा खुला

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

ट्रेड यूनियन अधिकर कुण्ठित गर्ने कदम विरुद्ध जेनेभामा विषय उठाउँछौंः जेटियुसिसि अध्यक्ष श्रेष्ठ

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक