मङ्ल, अशोज २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

दलाल व्यवस्थाले निम्त्याएको संकट हो बालकुमारी घटना !

श्रम सम्झौता किन गरियो ? देशमा रोजगारी सृजना किन गरिँदैन ? किन मारिन्छन् युवाहरु ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
दलाल व्यवस्थाले निम्त्याएको संकट हो बालकुमारी घटना !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / गत साता काठमाडौंको बालकुमारीमा भएको घटनाले सरकारको असफलता फेरि उजागर गरेको छ । विगत केही वर्षयता राजनीतिक दल र तिनका नेताहरु देश विकासमा असफल साबित भइरहँदा र युवालाई देशमा बसेर काम गर्ने वातावरण बनाउन नसक्दाको उपजको रुपमा बालकुमारीको घटनालाई लिन सकिन्छ ।

गत साता कोरियन भाषा परीक्षा विवादका कारण बालकुमारीमा भएको प्रदर्शनमा दुई युवाको मृत्यु भएको हो । देशमा नै रोजगारीको व्यवस्था नभएका कारण आकर्षक रोजगारीका लागि कोरिया जान खोजिरहेका युवा परीक्षा दिनबाट वञ्चित हुने अवस्था आएपछि प्रदर्शनमा थिए । त्यही क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला प्रदर्शनस्थल आइपुगे । आक्रोशित युवाले उनलाई गाडीबाट ओरोलेर गाडीलाई भने जलाइदिए । त्यही कारण प्रहरीले पनि बल प्रयोग गर्दा निम्न आर्थिक अवस्था भएका देशका दुई युवाले ज्यान गुमाउनु प¥यो ।

नेपालमा अहिले दलाल व्यवस्था हावी भएको छ । मुलुकमा लोकतन्त्र र गणतन्त्र स्थापना त भएको छ, यसको अनुभूति भने जनताले गर्न पाएका छैनन् । करिब दुई दशकदेखि राजनीतिक दलहरुले शासनव्यवस्था सम्हाले पनि उनीहरु देशमा विकास र रोजगारी सृजनामा असफल साबित भएका छन् । फलस्वरुप अहिले हरेक युवा विदेश पलायन हुने तरखरमा छ । देशमा अहिले हरेक वस्तु आयात हुने गरेको छ । तर, निर्यात भने युवाको मात्र भइरहेको छ । अशिक्षित, अदक्ष युवा खाडी मुलुकमा गइरहेका छन् भने विद्यार्थी, शिक्षित युवा अमेरिका, अस्ट्रेलिया, क्यानडा र युरोप जस्ता स्थानमा पुगिरहेका छन् । दैनिक १५ सय युवा वैदेशिक रोजगारीका लागि पलायन हुँदा देश चाँडै युवाविहीन हुने अवस्था आएको छ ।

दलाल व्यवस्था हावी हुँदा अहिले हरेक मुलुकसँग सम्झौता गरेर युवा निर्यात गर्ने धन्दा नै चलेको छ । यसो गर्दा यहाँका सीमित म्यानपावर व्यवसायी मोटाएका छन् । यस्तो व्यवसाय गर्नेमा नेताहरु पनि छन् । जो संलग्न छैनन्, उनीहरुले पनि कमिसनका रुपमा मोटो रकम बुझ्दै आएका छन् । गत निर्वाचनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई प्रलोभनमा पार्न ‘बिना ढेउवाके’ (पैसा नलिईकन) विदेश पठाइदिने आश्वासन दिएका थिए । यस्तै, नेपाली कांग्रेसकी नेतृ आरजू राणाले पनि युवालाई विदेश जान प्रोत्साहित गर्ने भाषणबाजी गरेकी थिइन् । त्यसैले युवालाई विदेश जान बाध्य पार्न नेताहरु नै सहभागी छन् भन्ने स्पष्ट हुन्छ ।

नेपालमा रोजगारीको कमीका कारण धेरै युवा वैदेशिक रोजगारी तथा अन्य बहानामा विदेश पुगिरहेका छन् । हाल नेपालबाट काम र अध्ययनका लागि युवा विदेशिरहेका छन् । रोजगारी नहुँदा अदक्ष, अर्धदक्ष, दक्ष सबैखाले जनसंख्या खाडी मुलुक, दक्षिण कोरिया, युरोप, अमेरिकाजस्ता स्थानमा पुगिरहेका छन् । खाडी मुलुकमा जाने नेपाली आफ्नो श्रम गर्नसक्ने उमेरसम्म त्यहीँ रहने र काम गर्न नसक्ने भएपछि मात्र नेपाल फर्किने गरेका छन् । त्यसैले नेपाली सस्तो श्रमको उपयोग गरेर खाडी मुलुक झनै समृद्ध बनिरहेका छन् । अर्कोतर्फ जापान, युरोप, अस्ट्रेलिया, अमेरिका तथा क्यानडा जस्ता स्थानमा अध्ययनका लागि भनेर धेरै नेपाली विद्यार्थी पुगेका छन् । यहाँ जानका लागि ठूलो रकम खर्च गर्नुपर्छ । त्यस्तै अध्ययनका लागि पनि नेपालबाट ठूलो रकम विद्यार्थीले लैजाने गर्छन् । एकातर्फ उनीहरुले यसरी नेपालबाट रकम कमाइरहेका छन् भने अर्कोतर्फ त्यहाँ पुग्ने नेपाली विरलै मात्र नेपाल फर्कन्छ । नेपालीलाई स्थानीय नागरिकभन्दा सस्तो पारिश्रमिक दिँदा हुने भएकाले उनीहरुलाई पनि त्यहीँ बस्ने व्यवस्था गरिएको छ । नेपालीहरु पनि यहाँको राजनीतिक अवस्था, अविकासजस्ता कारणहरुले विदेशमा नै बस्न रुचाइरहेका छन् ।

यस्तो अवस्था आउनुको कारण हो, राजनीतिक असफलता, बेरोजगारी र काम गर्ने वातावरण नहुनु । नेपालमा केही दशकमा विभिन्न व्यवस्था फेरिएका छन् । यसले राजनीतिक रुपमा सफलता देखिए पनि जनताको हकमा भने कुनै परिवर्तन भएको छैन । विभिन्न आन्दोलनले नयाँ पार्टी तथा नेतालाई राजनीतिमा स्थापित गरे पनि उनीहरु सक्षम, योग्य र काबिल हुन नसक्दा त्यसको असर देशलाई परेको छ । हरेक राजनीतिज्ञले आफ्नो दुनो सोझ्याउँदा देश विकास ओझेलमा परेको छ । देशमा केवल राजनीतिक परिवर्तन मात्र नभएपछि निराश भएका युवाले विकल्प खोज्ने नै भए । फलस्वरुप अहिले सयौं युवा दैनिक विदेश लागिरहेका हुन् ।

असफल राजनीतिका कारण देशमा विकास निर्माण ठप्प छ । कलकारखानामा उत्साह छैन, कृषक हतोत्साही भएका छन् । देशका वर्षेनि ५ लाख जना रोजगारीको बजारमा आउने गरेका छन् । तर, सरकार रोजगारी सृजना गर्न असफल साबित भइरहेको छ । देशमा रोजगारी नहुनु, भएका रोजगारी पनि अति नै न्यूनतम पारिश्रमिक हुनु, कृषकलाई प्रोत्साहन नहुनु जस्ता कारणले पनि वैदेशिक रोजगारीमा जाने बढिरहेका छन् । तर, सरकार भने श्रम सम्झौता अन्त्य गर्ने र युवालाई देशमै बस्ने वातावरण निर्माण गर्न असफल साबित भइरहेको छ ।
जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

७ घण्टा अगाडि
नेशनल मेडिकल कलेज प्रकरणः रहबर अन्सारीकाे आरोप, बसरुद्धिनसँगको सम्बन्ध र पीजी आन्दोलनबारे उठेका प्रश्न

नेशनल मेडिकल कलेज प्रकरणः रहबर अन्सारीकाे आरोप, बसरुद्धिनसँगको सम्बन्ध र पीजी आन्दोलनबारे उठेका प्रश्न

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

‘विश्व विख्यात महान कलाकार रीना रायँको जीवनी’ विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही हुने

वडा सदस्यदेखि राष्ट्रिय सभा हुँदै केन्द्रीय नेतृत्वतर्फ गीता देवकोटाको राजनीतिक यात्रा

थप १४ वटा विधेयक संसद्‍मा दर्ता प्रक्रिया अन्तिम चरणमा

अर्थमन्त्री र विश्व बैंक समूहका अध्यक्षबीच भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक