आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

कसरी विश्वास गर्ने सुशासन हुन्छ यी नेताहरुबाट ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण

नेपालीको भान्सा दिन प्रतिदिन महँगो हुँदै गएको छ । उपभोग्य सामग्रीको बिक्रीविरणमा सरकारले नियमन गर्न नसक्दा उपभोक्ताहरु मर्कामा पर्दै आएका हुन् । पर्याप्त आय भएका नागरिकलाई मूल्यवृद्धिले त्यति असर नगरे पनि जो बिहान बेलुका मजदुरी गरेर छाक टार्दै आएका छन्, उनीहरुको जीविका कठिन पर्दै आएको छ । यस्तै मध्यम वर्गलाई पनि बढ्दो महँगीका कारण जीवनस्तर धान्नै सकस हुन थालेको छ ।

उपभोग्य सामग्रीको मूल्यवृद्धिले हरेक क्षेत्रमा असर गर्ने गर्छ । अहिले दाल, चामल, तरकारी जस्ता उपभोग्य सामग्रीको मूल्य अचाक्ली बढेको हो । महँगीको पछिल्लो उदाहरण हो, प्याजको मूल्यवृद्धि । नेपालीहरुले आफ्नो दैनिक भान्सामा प्रयोग गर्ने वस्तुमा पर्छ, प्याज । तर, त्यही प्याजमा अहिले मनपरी मूल्य छ । केही साताअघि होलसेलमै प्याज प्रतिकिलो १५० रुपैयाँ पुगेको थियो । धेरैजसो प्याज भारतबाट आयात हुने गरेको छ । चीनबाट भने थोरै मात्रामा मात्र प्याज आउने गरेको छ । तर, भारतले प्याजमा प्रतिबन्ध लगाउनेबित्तिकै यहाँ व्यापारीले आफूखुसी मूल्यवृद्धि गरेका हुन् ।

केही महिनाअघि गोलभेंडाको मूल्य पनि यसैगरी बढेको थियो । त्यतिखेर भारतमा गोलभेंडाको अभाव हुँदा आयात रोकिएको थियो भने नेपालमा उत्पादित गोलभेंडा पनि बढी मूल्य पाउने भएकाले भारततर्फ निकासी गरिएको थियो । त्यसको असर भने नेपाली उपभोक्तालाई परेको थियो । यी त केही उदाहरण मात्र हो, हरेक वस्तुका लागि आयातमा नै निर्भर हुँदा नेपाली उपभोक्ता, किसानले पटकपटक सास्ती बेहोर्दै आएका छन् ।

तर, बजारमा उपभोग्य सामग्रीको आफूखुसी र चरम मूल्य लिँदा पनि सरकार भने नियमनमा असफल साबित भएको छ । अहिले सरकारको नेतृत्वमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड छन् । उनी सर्वहारा पार्टीका अध्यक्ष हुन् । २०५२ सालमा माओवादी युद्ध सुरु गर्दै गर्दा उनको पार्टीले किसान, श्रमिक, सीमान्तकृत, गरिबलगायतको मुद्दालाई अघि सारेको थियो । जनयुद्ध काल होस् वा त्यसपछि शान्ति प्रक्रियापछिको चुनाव, सर्वहारा वर्गको उत्थानको वाचा गर्दै माओवादी मूल राजनीतिक धार र सत्ताको नेतृत्वसम्म पुगेको हो । तर, सत्तामा पुगेपछि भने त्यो वाचा माओवादी र प्रचण्डले भुल्दै आएको स्पष्ट देखिन्छ । सरकारको पहिलो कर्तव्य हो, जनताको आधारभूत आवश्यकताको ख्याल गर्नु, उनीहरुको जीविकाको व्यवस्था गर्नु । तर, सरकारले बजारमा भइरहेको चरम लूटलाई नजरअन्दाज गर्दै आएको छ ।

नेपालमा बजार नियमन पनि चाडपर्वको बेलामा कहिलेकाहीँ मात्र हुने गरेको छ । कुनै पनि विकसित देशमा बजार नियमन सधैं प्राथमिकतामा पर्ने गर्छ । बजारको मूल्यले जनताको दैनिकीमा असर पार्ने भएकाले त्यसमा एकरुपता, नियमन र मूल्य कमीमा सरकारले ध्यान दिने गर्छ । तर, नेपाल सरकारले भने दशैंतिहारमा बाहेक अन्य बेलामा बजारलाई खुल्ला साँढेको रुपमा छोड्दै आएको छ, जसको प्रहार आम उपभोक्ताले सहनु परेको छ ।

निर्वाचन, सरकार परिवर्तन, राजनीतिक अनिश्चिततालगायत कारणले सरकारको ध्यान वित्तीय सुधारतर्फ जान सकेको देखिँदैन । सत्ता नेतृत्व पनि आफ्नो सरकार टिकाउने ध्यानमा मात्र व्यस्त हुँदा यसको असर अर्थतन्त्रमा देखिएको छ । राजस्व, वैदेशिक सहयोग तथा अनुदान र पुँजीगत खर्च बढाउन नेपालको कार्य प्रणालीमै व्यापक रूपमा संरचनात्मक सुधार गर्नुपर्ने देखिन्छ । अहिलेकै कार्यप्रणाली र सुशासनको अवस्थामा अपेक्षाअनुरूप लक्ष्य प्राप्त हुने सम्भावना देखिँदैन । यो वर्ष अर्थतन्त्रमा मन्दी, निजी क्षेत्रको लगानी संकुचन, समग्र बजार मागमा कमीलगायत कारण अर्थतन्त्र संकटोन्मुख अवस्थामा छ । यस्तो अवस्थाबाट सुधार ल्याउन संरचनात्मक रूपमा सुशासन प्रणालीलाई नयाँ ढंगले सुधार एवं राजस्व परिपाटीमा आमूल परिवर्तन गरेर अघि बढ्नुपर्ने देखिन्छ ।

नेपालको अर्थतन्त्र विशेषगरी रेमिट्यान्स र राजस्वमा टिकेको छ । तर, विदेशबाट आएको रेमिट्यान्स बराबर नै आयात हुने गरेको छ । त्यसकारण यो रकम आएको मात्र मान्न सकिन्छ । अर्कोतर्फ वार्षिक रुपमा उठ्ने राजस्व पनि सरकार तथा कर्मचारीको खर्च, तलब, भत्ता आदिमा खर्च हुने गरेको छ । त्यसकारण नेपालमा विकास निर्माणलाई सरकार आफैले खर्च गर्न सक्ने अवस्था छैन । नेपालले दातृ निकाय तथा देशहरुको सहयोगमा नै विकास निर्माणका काम गरिरहेको छ । उनीहरुबाट पाउने अनुदान, सहुलियतपूर्ण ऋण नै अहिले विकास निर्माणको खर्चको प्रमुख आधार हो । यही कारणले नेपालको ऋण पनि दिनप्रतिदिन बढिरहेको छ । तर, त्यसलाई कसरी तिर्ने, आयातलाई कसरी कम गर्ने, देशमा नै रोजगारी सृजना, उत्पादन वृद्धि कसरी गर्ने भन्नेमा सरकार तथा नेताहरु अनभिज्ञ छन् । बरु उनीहरु देशको अर्थतन्त्र कुनै समस्यामा छैन भन्दै ढाकछोप गर्न व्यस्त छन् ।

विगतमा जस्तै यो सरकारले आन्तरिक उत्पादन बढाउने, विभिन्न वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने विषयमा भने अझै सोच्नसमेत भ्याएको छैन । नेपालमा वर्तमान समस्या भनेको हरेक वस्तुका लागि आयातमा निर्भर हुनु हो । कृषिप्रधान देश भनिए पनि नेपालले चामलदेखि गुन्द्रुकसम्म विदेशबाट आयात गर्दै आएको छ । आयातको तुलनामा निर्यात भने अत्यन्त न्यून छ । जबसम्म कुनै पनि देशले निश्चित वस्तुमा आफूलाई आत्मनिर्भर बनाउँदा तबसम्म त्यो देशको अर्थतन्त्र सबल हुन सक्दैन । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

४ घण्टा अगाडि
रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

गोरखाको चुमनुब्री क्षेत्रमा भएकाे क्षतिप्रति दुखः व्यक्त

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

ब्रह्मायणी मन्दिर परिसरमा भक्तजनको भीड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक