शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दुई जनाले जिल्ला अदालत कास्कीमा गरे आत्मसमर्पण

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
दुई  जनाले जिल्ला अदालत कास्कीमा गरे आत्मसमर्पण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा । सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ३५ करोड ५३ लाख ८२ हजार रुपैयाँ हिनामिनाको आरोपमा फरार दुई जनाले जिल्ला अदालत कास्कीमा आत्मसमर्पण गरेका छन्।

पक्राउ पुर्जी जारी भएपछि फरार शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याल मंगलबार अदालतमा उपस्थित भएका हुन्। उनीहरुको जिल्ला न्यायधिश बसन्तजंग थापाको इजालसमा वयान भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए। ‘२ जनाको वयान भएको छ। थुनछेक आदेश आउन बाँकी छ’, उनले भने।

अदालतले आदेश आउन बाँकी भएकाले जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाएको छ। अाज बुधबार फेरि अदालतमा उपस्थित गराइनेछ।

कर्मचारी र पत्रकारलाई तलब खुवाउन नसक्ने भएपछि बन्दको अवस्थामा पुगेको ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसमेत रहेका गितेन्द्रबाबु (जीबी) राईको समूहले खोलेको सूर्यदर्शन सहकारीले पोखरेली बचतकर्ताको झन्डै डेढ अर्ब रकम हिनामिना गरेको छ। १ हजार ३५ जना बचतकर्ताले १ अर्ब ११ करोड रुपैयाँ दाबी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन्।

सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) सहित १९ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। यसअघि २ जना मात्रै पक्राउ परेका थिए। सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई प्रहरीले पक्राउ गरेको थियो। भदौ अन्तिममा पक्राउ परेका रम्तेल पुर्पक्षका लागि थुनामा छन्। बिहीबार पक्राउ परेका दर्लामीलाई सोमबार थुनछेक बहस सकेर जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

पूर्वअध्यक्ष जीबी राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १५ जना अझै फरार छन्। बचतकर्ताको रकम हिनामिना गरेपछि प्रहरीले अनुसन्धान सकेर असोज १६ गते सरकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन पेस गरेको थियो।  सरकारी वकिलको कार्यालयले असोज १८ गते १९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो। फरार रहेका १७ जनाविरुद्ध रेडकर्नर नोटिस गर्ने प्रहरीको तयारी थियो। २ जना अदालतमा उपस्थित भएका हुन्।

यो पनि पढ्नुहोस्

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

८ घण्टा अगाडि
आज १ सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईंदै

श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइयाे

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक